मकवानपुरमा १ सय ८२ जना कोरोना संक्रमित थपिए
मकवानपुरमा बुधबार थप १ सय ८२ जना कोरोनाका संक्रमण पुष्टि भएको छ ।
Advertisement
कूल २ सय ७० जनाको स्वाबको नमुना परिक्षण गर्दा ८३ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा जिल्ला बाहिरका ६ जनासहित, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ६७ जना रहेका छन् ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा सबैभन्दा धेरै ३० जना रहेका छन् ।
हेटौँडा–१ का ७ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–३ मा २ जना, हेटौँडा–५ का २४ जना, हेटौँडा–६ का ६ जना, हेटौँडा–७ का ७ जना हेटौँडा–८ का १९ जना, हेटौँडा–९ का २६ जना, हेटौँ...







