२०८१ बैशाख २३

अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी विमान चीन जाँदै

कोरोना माहामारीका कारण अक्सिजन सिलिन्डरको अभाव भएपछि आज नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाँदैछ । 

तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सनसमेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो । 


Advertisement


निगमको ए ३३० वाइडबडी विमान आज राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । त्यहाँको स्थानीय समय अनुसार विमान बिहान ७ः३० बजे बेइजिङ पुग्नेछ । बेइजिङबाट स्थानीय समयअनुसार भोलि बिहान १०ः३० बजे विमान काठमाडौंतर्फ उड्नेछ भने अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ । 

नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढी अक्सिजन सिलिन्डरकै अभाव भएपछि सरकारले चीनबाट अक्सिजन सिलिन्डर ल्याउन लागेको हो । 

तत्कालका लागि ४ सयदेखि ६ सय थान सिलिन्डर ल्याउन लागेको भएपनि आवश्यकता अनुसार २० हजार थानसम्म अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी रहेको छ । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap