गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या
जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ ।
सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए । उनले भने, “सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, सङ्क्रमितको उपचारमा पनि समस्या छ ।”
Advertisement
उहाँका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्...








