२०८२ माघ १८

Author: Raunak

गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या

गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ । सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए । उनले भने, “सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, सङ्क्रमितको उपचारमा पनि समस्या छ ।” Advertisement उहाँका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्...
संवैधानिक इजलासमाथि सरकारी पक्षको पनि प्रश्न

संवैधानिक इजलासमाथि सरकारी पक्षको पनि प्रश्न

देश, राजनीति, समाचार
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासको संरचनामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले पनि प्रश्न उठाएका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा रहने न्यायाधीशको रोष्टरमा रहेका १२ न्यायाधीशमध्ये ११ जना संवैधानिक इजलासमा बस्न नमिल्ने भनेर निवेदन दिएका छन् । Advertisement संवैधानिक इजलासमा रहन सक्ने भनेर न्यायपरिषद्ले न्यायाधीशहरूको सूची (रोष्टर) बनाउने र प्रधानन्यायाधीशले तिनै मध्येबाट चयन गरेर राख्ने अभ्यास छ । रोष्टरमा प्रधानन्यायाधीश स्वयं पनि हुन्छन् । बाँकी १३ मध्ये एक जना न्यायाधीशले अवकाश पाएका छन् । हाल १२ जनाबाट चार जना तोकेर प्रधानन्यायाधीशले आफू समेतको पाँच सदस्यीय संवैधानिक इजलास ग...
मानव बेचविखनमा संलग्न रहेको अरोपमा वीरगञ्जबाट दुईजना पक्राउ

मानव बेचविखनमा संलग्न रहेको अरोपमा वीरगञ्जबाट दुईजना पक्राउ

देश, समाचार, सामाजिक
२१ जेठ, वीरगञ्ज । मानव बेचविखनको आरोपमा वीरगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत बेतिया घर भएका २६ वर्षीय असगर सैफि र तनहुँको दमौली नगरपालिका– ५ बस्ने २६ वर्षीया शिव कुमारी क्षेत्री पक्राउ परेका हुन् । उनीहरु श्रीमान श्रीमती हुन् । Advertisement दुईजना युवतीलाई भारत लगेर बेच्न खोजेको  उनीहमाथि लागेको छ । बेचबिखनको जोखिममा परेका दमौली घर भएका २० र २२ वर्षीया दुईजना चेलीको वीरगञ्जबाट उद्दार पनि गरिएको छ । उनीहरु विरुद्ध मानव बेचविखन विरुद्धको मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । उनका अनुसार गोरखा माईती र घर तनहुँ भएकी २२ वर्षीया महिलाको श्रीमान विदेशमा छन् । उनको दुई वर्षको छोरा छ । उनीहरुलाई नेपालगञ्जमा एक घण्टा प...
हुम्लामा शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए

हुम्लामा शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन् । चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए । Advertisement ‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा गैसकेको छ, महामारीमा खटिने स्वास्थ्यकर्मीमाथीको हातपात शैय हुँदैन् ।’ चंखेली पुग्न सदरमुकामबाट दुई दिन पैदल हिड्नुपर्छ । शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि हातपात गर्नुका साथै शरिरमा सेनिटाइजर छरेर आगो लगाउने प्रयास गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प...
कोरोना परीक्षण गर्न नमानेका दुईजनाको मृत्यु

कोरोना परीक्षण गर्न नमानेका दुईजनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२१ जेठ, पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । Advertisement उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम-८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए । उनका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । ‘वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन’, वडाध्यक्ष नेम्वाङले भने, ‘हिजो दुःखद घटना भयो ।’ उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३:०० बज...
माडीमा जग्गा खण्डीकरणको चलखेल भएको भन्दै विरोध

माडीमा जग्गा खण्डीकरणको चलखेल भएको भन्दै विरोध

देश, समाचार
२१ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा भूमाफियाको योजनामा जग्गाको खण्डीकरणका लागि स्वीकृति दिने चलखेल भएको भन्दै विरोध सुरु भएको छ । प्लटिङ कारोबारीको योजना अनुसार १३१ कित्ताकाटको स्वीकृति दिने चलखेल भएको भन्दै कांग्रेस, एमालेका अलावा मेयर ठाकुर ढकालको पार्टी माओवादी केन्द्रले समेत सचेत गराएका छन् । Advertisement यद्यपि मेयर ढकालले आफू अध्यक्ष रहेको निर्देशक समितिमा जग्गा खण्डीकरण तथा कित्ताकाट सम्बन्धी कुनै फाइल नआएको बताएका छन् । उनले माडी नगरपालिकाको खेतीयोग्य जमिन खण्डीकरण नगर्ने/नगराउने नीति रहेको पनि बताएका छन् । ‘मैले खेतीयोग्य जमिनको खण्डीकरणको स्वीकृति दिन लागेको हैन, अहिलेसम्म फाइल मकहाँ आएको छैन,’ मेयर ढकालले भने, ‘कुनै फाइल आएमा नगरपालिकाबाट अनुगमन गरेर मात्रै स्वीकृत दिने/नदिने निर्णय हुन्छ ।’ दलहरुको विरोध जग्गाको खण्डीकरण ...
अमेरिकाले पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप बाँड्दै

अमेरिकाले पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप बाँड्दै

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
२१ जेठ, काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत् तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने भएको छ । जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना कम्पनीका खोप बाँड्न लागिएको हो । बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । Advertisement पहिलो चरणमा नेपाल लगायत बिभिन्न मुलुकलाई दुई करोड ४ लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको छ । नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन । एष्ट्राजेनिकाले स्वीकृति पाउन बाँकी अमेरिकासँग भण्डारणमा रहेको एष्ट्राजेनिका कम्पनीका ६ करोड खोपलाई त्यहाँको खाद्य तथा औषधि विभागले भने अझै स्वीकृति दिइसकेको छैन । शुरुमा अमेरिकाले यही खोप ६ करोड बाँड्ने घोषणा गरेकोमा पछि दुई करो...
कालो ढुसीले लिन थाल्यो ज्यान, उपचारका लागि छैन औषधि

कालो ढुसीले लिन थाल्यो ज्यान, उपचारका लागि छैन औषधि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० जेठ, काठमाडौं । कोरोना महामारीबाट ठूलो मानवीय क्षति भइरहेको बेला कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । Advertisement वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर परीक्षण नगरिएका कारण पुष्टि हुन सकेन । धनगढीको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा भने कालो ढुसीको संक्रमण पुष्टि भएको थियो । कोरोना महामारीका बेला अर्को खालको दुर्लभ रोग देखापर्नुले स्वास्थ्यको क्षेत्रमा अर्को चुनौति थपिएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब एक दर्जनमा कालो ढुसीको संक्रमण पुष्टि भइसकेको छ । जनस्वास्...
भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने

भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० जेठ, काठमाडौं । भारतले तत्काल कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात नगर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्द अरिन्दम वाग्चीले तत्काल भारतले कोरोना खोप निर्यात नगर्ने जानकारी दिएका हुन् । Advertisement नेपाल, बंगलादेश लगायतका मुलुकले खोपका लागि निरन्तर ताकेता गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले अहिले भारतको ध्यान विदेशबाट भारत खोप ल्याउने रहेको बताए । प्रवक्ता वाग्चीले भारतले उत्पादन गरेको खोप आन्तरिक खोप अभियानका लागि नै प्रयोग हुने र यसबारे अन्य मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । credit: onlinekhabar ...
साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ६३ र ग्यास ११ सय २० मा बेच्ने

साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ६३ र ग्यास ११ सय २० मा बेच्ने

देश, समाचार
२० जेठ, काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो । जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए । Advertisement त्यस्तै पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने उनले बताए । पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र ए...