२०८१ बैशाख १३

Author: Raunak

माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

देश, राजनीति, समाचार
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै दुई सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।  Advertisement माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले सनाखत गराएको थिएन।  समाजवादीमा सनाखत गर्न नपाउँदा एमाले छाडे सांसद पद गुम्ने भएपछि उनीहरु बुधबार सर्वोच्च पुगेका हुन्। सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।  साभार: रातोपाटी ...
विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

देश, राजनीति, समाचार
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । Advertisement तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० ग तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधि...
प्रचण्डसहित चितवनका संघीय सांसदलाई एमसीसीबारे जवाफ दिन तीन दिने अल्टिमेटम

प्रचण्डसहित चितवनका संघीय सांसदलाई एमसीसीबारे जवाफ दिन तीन दिने अल्टिमेटम

देश, समाचार, सामाजिक
एमसीसी खारेज अभियान संयुक्त संघर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठलाई पत्र पठाउँदै तीन दिनभित्र एमसीसीबारेको धारणा पठाउन भनेको हो । विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जननिर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको समितिका संयोजक फणीन्द्र आचार्यले जानकारी दिए । Advertisement देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । उनीहरु ...
देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

देश, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ । Advertisement निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले  नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट छुट्टिई बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनि...
सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

देश, राजनीति, समाचार
सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहित नेकपा एमालेबाट विजयी सबै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । जिल्लाका अन्य स्थानीय तहबाट ४३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । Advertisement सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सबैले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको नेकपा एकीकृत समाजवादीका स्थानीय नेता योगेन्द्र सिंहले जानकारी दिए । त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल परित्याग गरी १२ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन अधिकृ...
एमसीसी हुबहु पारित गरे कडा संघर्ष गर्ने विवेकशीलको चेतावनी

एमसीसी हुबहु पारित गरे कडा संघर्ष गर्ने विवेकशीलको चेतावनी

देश, समाचार
विवेकशील साझा पार्टी एमसीसी सम्झौतामा सरकारले जनआवाज नसुनी सत्ता समीकरणको बलमा हुबहु पारित गराउन खोजे त्यसका विरुद्ध कडा सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गर्दै अत्यन्त विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद् बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । Advertisement ‘एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना नै पारित गरिनुहुन्न भन्ने हाम्रो पार्टीको धारणा छ’, विवेकशील साझाले भनेको छ ।   उसले एमसीसी सम्झौताबारे आम नागरिकको तप्कासम्म धेरै नै संशय उत्पन्न भई गम्भीर प्रश्न उठेकाले तिनको निरूपण नगरी अघि ...
सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

देश, समाचार, सामाजिक
सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।  घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ । Advertisement प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो  । घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । ...
कोरोनाका कारण काम नसकिएका ठेक्काको म्याद चैतसम्म थप

कोरोनाका कारण काम नसकिएका ठेक्काको म्याद चैतसम्म थप

अर्थतन्त्र, देश, समाचार
अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ ।  कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी हुनुपूर्व या सो अवधिभित्र सम्झौता भएका तर महामारीका कारण सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौताको म्याद थप गर्न अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको हो ।  चालू अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा थप हुने अर्थले जारी गरेको परिपत्रमा उल्लेख छ । बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले आवश्यकता र औचित्य विश्लेषण गरी त्यस्तो खरिद सम्झौताको म्याद बढीमा २०७८ चैत मसान्तसम्म थप्न सक्नेछन् ।  Advertisement उल्लेखित मापदण्ड पालना गरी आवश्यक भएका सम्झौताको म्य...
विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गरिदिन मुख्यमन्त्री पोखरेलको आग्रह

विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गरिदिन मुख्यमन्त्री पोखरेलको आग्रह

देश, राजनीति, समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच भेटघाट भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्नका लागि आग्रह गरेका छन् ।  उनले विश्व बैकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु’ उनले भने । मुख्यमन्त्री पोखरेलले गरिबीको अन्त्य र समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै प्रदेशको विकासमा पनि योगदान गरेकोमा धन्यवाद ब्यक्त गरे । ‘गण्डकी प्रदेश विकासका प्राथमिकता र सम्...
माधव नेपालले हात्तीजत्रो पार्टीलाई बोकोजत्रो बनाउनुभयो : महेश बस्नेत

माधव नेपालले हात्तीजत्रो पार्टीलाई बोकोजत्रो बनाउनुभयो : महेश बस्नेत

देश, राजनीति, समाचार
एमाले नेता महेश बस्नेतले माधव नेपालले पार्टीको नेतृत्व गर्दा हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका छन् । सोमबार काठमाडौमा युवासंघ नेपालले गरेको कार्यक्रममा बस्नेतले माधव नेपालले २०६४ को निर्वाचनमा हात्तिजत्रो पार्टीको जिम्मा लिएर बोको जत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुगेको बताएका हुन् । Advertisement ‘नेता माधव नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोकोजत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुग्नुभयो’ बस्नेतले भने- ‘उहाँ प्रधानमन्त्री हुँदा प्रचण्डले देशव्यापी आमहड्ताल घोषणा गर्नुभयो, माधव नेपालको सरकारले वार्ताको आव्हान गर्दा प्रचण्डले भन्नुभयो–म वार्ता नोकरसँग होइन मालिकसँग गर्छु ।’ त्यसबेला आफुहरुले युथफोर्स बनाएर मा...