२०८१ बैशाख २३

Author: Raunak

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण सम्भव छ : प्रधानमन्त्री देउवा

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण सम्भव छ : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि  दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४ औँ बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र  पहुँ...
एमसीसीबारे महराले भने– मुलुकमा अर्को जटिल परिस्थित आयो

एमसीसीबारे महराले भने– मुलुकमा अर्को जटिल परिस्थित आयो

देश, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले  एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ।’ Advertisement उनले अहिले पाँच दलको गठबन्धनबाट सरकार रहेपनि मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम भने हुन नसकेको टिप्पणी गरे ।  महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने पनि बताए । यही अधिवेशनबाट नयाँ बजेट ल्याउने तयारी भएको उनको भनाइ छ ।  ‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ,’ महराले भने, ‘नयाँ बजेटको तयारी...
नेविसंघ तदर्थ समितिको २० महिना : पदाधिकारीको संख्या १० पुग्यो

नेविसंघ तदर्थ समितिको २० महिना : पदाधिकारीको संख्या १० पुग्यो

देश, समाचार
नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा कपिलेश्वर यादव मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विजयकुमार गच्छदार निकट यादवलाई नेविसंघ महामन्त्रीको जिम्मेवारी दिएका हुन् । सुनसरीका यादव यसअघि नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमितिमा पनि महामन्त्री नै थिए । तत्कालिन नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन भएपछिको सहमति अनुसार यादवलाई नियुक्त गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  २०७६ माघ १६ गते राजीव ढुंगानाको नेतृत्वमा गठित १२७ सदस्यीय नेविसंघ तदर्थ समितिमा यसअघि सात जनालाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो । यादवको नियुक्तिसँगै नेविसंघमा महामन्त्रीको संख्या ८ पुगेको छ । यसअघि देउवा पक्षबाट महेश्वरी कुँवर र मनोज वैद्य महामन्त्री बनेका थिए भने रामचन्द्र पौडेल समूहबाट दीपक भट्टराई, उर्मिला थपलिया र प्रभातकुमा...
माधव नेपालका लागि अरु पार्टीले धम्क्याउन थाले : एमाले

माधव नेपालका लागि अरु पार्टीले धम्क्याउन थाले : एमाले

देश, राजनीति, समाचार
नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको सो पार्टीले आरोप लगाएको हो । कुन पार्टीबाट धम्की आएको हो भन्नेचाहिँ एमालेले किटान गरेको छैन ।  Advertisement आइतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।...
गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१४ की ६४ वर्षीय महिला, म्याग्दी रघुगंगा–३ का ७२ वर्षीय पुरुष, स्याङजा बिरुवा–४ का ५८ वर्षीय पुरुष, पर्वत कुश्मा–६ की ६९ वर्षीय महिला, बागलुङ नगरपालिका –८ की ६७ वर्षीय महिला र तनहुँ ब्यास–४ की ३३ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३१२ पुगेको छ । Advertisement त्यसैगरी गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध...
नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल

नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल

देश, राजनीति, समाचार
नेकपा एकीकृत समाजवादीको पहिलो सचिवालय बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बसेको बैठकमा खासगरी कार्यालय व्यवस्थापन र नेताहरुको कार्यविभाजनमा केन्द्रीत रहेर छलफल भएको सचिवालय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए । सचिवालय गठनपछि पहिलो बैठक बसेको हो । पार्टीका आन्तरिक विषयमा केन्द्रीत रहेर छलफलहरु भए’, श्रेष्ठले भने, ‘खासगरी कार्यलय व्यवस्थापन र नेताहरुको भर्खरै भएको कार्यविभाजन लगायतमा छलफल भयो ।’ Advertisement त्यस्तै उनले पार्टीले गर्नुपर्ने तत्कालका कामका बारेमा र छिटै हुने सम्मेलनका बारेमा छलफल भएपनि सार्वजनिक गर्ने निर्णयहरु नभएको बताए । नेकपा एकीकृत समाजवादीको केही दिनअघि बसेको स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरु, विभिन्न विभाग र दस्तावेज मस्यौदा समिति र केन्द्रीय सचिवालय गठन गरेको थियो । सचिवालयको प्रमुख  बेदुराम भुसाल ...
मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

देश, राजनीति, समाचार
गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।  नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’ Advertisement मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हा...
प्रतिगमनकारीबाट जनताका उपलब्धि खतरामा पर्ने देखियो : गुरुङ

प्रतिगमनकारीबाट जनताका उपलब्धि खतरामा पर्ने देखियो : गुरुङ

देश, राजनीति, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छद्द् । Advertisement  पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकमा सो पार्टीका प्रमुख सचेतकसमेत रहेका उनले भने, “जनताले लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउन सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।”  त्यस्तै पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारका सदस्यलाई निःशुल्क उपचार गरिने बताइन् । उनले स्तन, पाठेघर क्यान्सरलगायत रोग लागेका नागरिकको पनि निःशुल्क उपचार गर्ने बताइन् । माओवादी केन्द्र मध्यनेपाल नगर कमिटीका अध्यक्ष रामचन्...
सुदूरपश्चिममा थप ३४ जनामा कोरोना सङ्क्रमण, ३१ डिस्चार्ज

सुदूरपश्चिममा थप ३४ जनामा कोरोना सङ्क्रमण, ३१ डिस्चार्ज

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा  पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौतीस जनामध्ये २७ जनामा पिसिआर र सात जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । Advertisement पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६ जना र बैतडी अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच र बाजुरामा दुई जनामा कोरोना सङक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर ३१ जना सङ्क्रमणमुक्त भएका हुन् । साभार: रातोपाटी ...
त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने कदम स्वीकार्य छैन : अनेरास्ववियु

त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने कदम स्वीकार्य छैन : अनेरास्ववियु

देश, शिक्षा, समाचार
१९ भदौ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै विरोध जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । Advertisement अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गरी आंशिक शिक्षकलाई करार गराउने कदम प्राज्ञिक उन्नयन र त्रिभुवन विश्वविद्यालयको संस्थागत विकासको विरुद्धमा रहेको बताए । ‘यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धाबाट प्राज्ञिक पेशामा लाग्न चाहने शैक्षिक युवाहरुको बाटोलाई बन्ध्याकरण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ, ‘… त्रिविप्रतिको जनविश्वास कमजोर हुँदै जानेछ ।’ विद्यार्थी संख्या घट्दै गएको तर त्रिविमा पुराना दरबन्दी कायम...