२०८३ बैशाख २१

Author: Raunak

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

खसीबोका बेच्न काठमाडौं आउने किसान घटे

अन्तर्वार्ता, कर्पोरेट, देश, समाचार
७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । आजको दिन काठमाडौंका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ । तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । Advertisement कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुले बताए । यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारिक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा ...
थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

देश, समाचार, स्वास्थ्य
७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Advertisement कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् । यस्तै मोरङका ...
करेन्ट लागेर  एक सैनिक जवानको मृत्यु

करेन्ट लागेर एक सैनिक जवानको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । Advertisement गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।  ...
दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

दसैँमा डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो ।  नेपाल डेरी उद्योग संघले आइतबार र सोमबार (नवमी र विजयादशमी) को दिन आफ्ना सबै उत्पादनहरु बन्द गर्ने तयारी गरेको अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । यो निर्णयका लागि संघले शुक्रबार दिउँसो कार्यसमितिको बैठक डाकेको छ । सो बैठकले यसबारे औपचारिक निर्णय गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । संघले त्यस्तो निर्णय गरेका निजी क्षेत्रबाट सञ्चालित कुनै पनि डेरीका उत्पादन २ दिनसम्म ठप्प हुनेछन् । यो अवधिमा औपचारिक क्षेत्रले किसानबाट किन्दै आएको दुध बजारबाट उठाइने छैन । स्थानीय डेरी फर्महरुले भने स्टक सामानको बिक्री भने निरन्तर रुपमा गर्न सक्नेछन् । Advertis...
गुह्येश्वरी गर्भगृहको १७३.५ तोला सुन गायब !

गुह्येश्वरी गर्भगृहको १७३.५ तोला सुन गायब !

देश, समाचार
सुन खिइएर गएको गुठी संस्थानको दाबी गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो । अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले राससलाई जानकारी दिए । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ । “साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ,...
भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

देश, राजनीति, समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्।  बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्।  शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।’  शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन्।  Advertisement ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ।&nbs...
उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को निर्णय

उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को निर्णय

देश, राजनीति, समाचार
सरकारले सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशलाई तोक्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पार्वत गुरुङले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रस्तावमा कानूनको प्रावधान अनुसार सैनिक विशेषज्ञ अदालतको अध्यक्ष, पुनरावेदन समितिको अध्यक्ष र विशेष अदालतको अध्यक्ष, राजस्व न्यायाधिकरणको कानूनी अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई अध्यक्ष तोक्ने निर्णय गरेको जानकारी दिएका छन्  । Advertisement मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको हो । ...
सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

देश, राजनीति, समाचार
पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि  उनले प्रतिलिपि पाएनन्।  प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम  भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो  ।  Advertisement भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसर...
सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने

सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने

देश, समाचार
एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ ।  टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) ले चिनियाँ कम्पनीले निर्माण र जडान गरेको सो उपकरण मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी अघि बढाएको हो । उपकरणबाटै सवारी साधनको स्वस्थता परीक्षणका लागि सरकारले विसं २०६६÷६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारी साधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा हेभी र लाइट सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेको छ । कुनै पनि सवारी साधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिन्छ । प्राविधिक बोलाएर उपकरणको मर्मत गरेर भेहिकल फिटनेस टेष्ट लेन प्रयोगमा ल्याउने तयारी गरिएको सेन्टरका प्रमुख मणिराम भुषालले बताए । उनका अनुसार उपकरण जडान...
चितवनमा कोरोना संक्रमित महिलाको निधन

चितवनमा कोरोना संक्रमित महिलाको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  Advertisement अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।  उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । ...