२०८३ बैशाख २०

Author: Raunak

रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

रुपन्देही र कपिलवस्तुमा डुबेर ३ जना निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए । Advertisement यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको छ । शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपि...
कोरोना सङ्क्रमणबाट  इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट इलाम र सुनसरीका एक–एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । साभार: रातोपाटी ...
थप २२२५ जनामा कोरोना संक्रमण

थप २२२५ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । Credit: OnlineKhabar ...
काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

देश, समाचार, सामाजिक
८ कात्तिक, काठमाडौं । मन्दिर जाने र भगवानको उपासना राम्रो र शुभ कामका लागि गरिन्छ । तर, काठमाडौंको एउटा मन्दिर जहाँ सम्बन्धविच्छेदको छिनोफानो गर्ने मेला लाग्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । एउटा कठोर जात्रा सम्पन्न गरेपछि श्रीमान् वा श्रीमतीले चाहेमा नयाँ सम्बन्ध गाँस्नेदेखि पुरानो सम्बन्धको बिट मार्नेसम्मको माहोल एउटै जुटाउने जात्रा काठमाडौंमा हरेक वर्ष मनाउने गरिन्छ । कसैसँग सम्बन्धविच्छेद वा नयाँ सम्बन्धको गाँठो कस्नेदेखि रोगव्याधी अन्त्य हुनेसम्मको विश्वास लिएर मेला भर्न आउँछन् भक्तजन । यस्तै रोचक जात्रालाई इतिहासदेखि नै अभिछिन्न बोकेर बसेको चोभारको डाँडोमा रहेको आनन्दादि लोकेश्वर मन्दिर । भित्तैभरि थामा, पित्तल र चरेसका थालैथालले ढाकेको, एउटा तले शैलीको मन्दिर, त्यसको ठीकअघि शिखर शैलीको मन्दिर र चारैतिर सत्तलहरूले ढाकेको मन्दिर परिसर यतिबेला कात्तिक जात्राका ...
कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

कोभिड–१९ बाट २१ जनाको मृत्यु: सुदूरपश्चिम

देश, समाचार, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् ।  यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए।  Advertisement “अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  बिरामीको प्रभावकारी व्यवस्थापनका का...
युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

देश, समाचार, सामाजिक
कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । स्थानीयले दिएको जानकारी अनुसार कपिलबस्तुको शुद्धोधन गाँउ पालिका वडा नं. ६ स्थित एक गाँउमा शुक्रवार साँझ साढे ६ बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो । निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए । Advertisement आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी ग...
जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

देश, समाचार, सामाजिक, स्वास्थ्य
अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर  व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ ।   विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै  विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।  जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।  यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएक...
प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

प्रधानमन्त्रीको प्रतिरक्षात्मक अभिव्यक्ति, उल्टियो उपचार सम्बन्धी निर्णय

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै प्रतिरक्षात्मक अभिव्यक्ति दिएका छन् । यसअघि सरकारले कोरोना लागेको बिरामी आफैले आफ्नो उपचार गर्नु भनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने ‘सरकारले सके आफै बाँच नसके जे सुकै गर भनेर राज्यले भनेको छैन, सरकारले सबैको उपचार गर्ने छ ।’ सरकारले कोरोना संक्रमितको उपचारमा सबैको समान पहुँच स्थापित गराउने बताए । उपचार गर्न नसक्नेलाई सरकारले उपचार गर्ने प्रतिबद्धता समेत जनाए । उनले कोरोना संक्रमतिलाई घरेलु औषधी प्रयोग बढाउन समेत आग्रह गरेका छन् । Advertisement कोरोनाको कारण अहिले चाहेर पनि घर फर्कन नसक्ने अवस्था रहेको स्मरण गराए ।प्रम ओलीले जेष्ठ नागरिक र बालबालिमाका संक्रमण बढी हुने भएकोले सचेत बन्न सबैलाई आग्रह गरेका छन् । काठमाडौं संक्रमणको केन्द्...
रअ प्रमुखको नेपाल भ्रमण : “अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ।” : मोहन वैद्य

रअ प्रमुखको नेपाल भ्रमण : “अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ।” : मोहन वैद्य

देश, राजनीति, समाचार
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको रिसर्च एण्ड एनालिसिस विङ्गका प्रमुख सामन्त गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।’ Advertisement ‘भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ,’ किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टीले यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जन...
कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् । Advertisement उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो । साभार: रातोपाटी ...