२०८१ बैशाख २९

उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशलाई तोक्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पार्वत गुरुङले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रस्तावमा कानूनको प्रावधान अनुसार सैनिक विशेषज्ञ अदालतको अध्यक्ष, पुनरावेदन समितिको अध्यक्ष र विशेष अदालतको अध्यक्ष, राजस्व न्यायाधिकरणको कानूनी अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई अध्यक्ष तोक्ने निर्णय गरेको जानकारी दिएका छन्  ।


Advertisement


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको हो ।

Copy link
Powered by Social Snap