२०८३ बैशाख २१

Author: Raunak

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:०४ रवीन्द्र पोखरेल

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:०४ रवीन्द्र पोखरेल

Nepali Poetry "People's Choice Award" 2077, प्रतिस्पर्धा, मिश्रित
Advertisement
कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष रहेका थिए । Advertisement यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संल...
दशैँमा पनि कोभिड अस्पतालहरू खुला रहने

दशैँमा पनि कोभिड अस्पतालहरू खुला रहने

देश, समाचार, स्वास्थ्य
काठमाडौं । गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्कनुभएको छ । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी र्दिए । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।   Advertisement गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको  छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।   प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्र...
भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख सामन्थ गोयल नेपाल भ्रमणमा

भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख सामन्थ गोयल नेपाल भ्रमणमा

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स  (रअ) का प्रमुख  सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । गोयल नेपाल आएको जानकारी उच्च स्रोतबाट रातोपाटीलाई प्राप्त भएको छ । यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  Advertisement उनी चार्टर विमानमा काठमाडौं आएको श्रोतको दाबी छ । आज साँझ काठमाडौंमा महत्वपूर्ण भेटघाट गरी उनी बिहीबार भारत फर्किने बुझिएको छ । ...
बारामा चल्यो गोली , एकजना घाइते

बारामा चल्यो गोली , एकजना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।  Advertisement जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ । ...
धनगढी प्रहरी हत्या प्रकरणमा संलग्न थप १ जना प्रकाउ

धनगढी प्रहरी हत्या प्रकरणमा संलग्न थप १ जना प्रकाउ

देश, समाचार
कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन्  । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए । उनले प्रारम्भिक जानकारी अनुसार १० जनाको समुह हत्यामा संलग्न भएको सूचना रहेको र फरार रहेकालाई खोजी कार्य भइरहेको जानकारी दिए । कैलाली प्रहरीले मंगलबार हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको गरिसकेको छ  । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  हत्यामा संलग्नमा धनग...
कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ : बहिर्गमित जनमुक्ति सेना

कोभिड-१९ का संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ : बहिर्गमित जनमुक्ति सेना

देश, समाचार, स्वास्थ्य
काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले यही कात्तिक २ गते कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको निर्णय खारेज गर्न माग गरेको छ । कोभिड १९ बाट संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार  सरकारले निःशुुल्क गर्नुपर्ने सो संगठनको माग छ । कोभिड–१९ (नोभेल कोरोनाभाईरस) बाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ले विज्ञप्ति जारी गरेका हुन् । उनले सरकारको उक्त निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको प्रस्ट पारेका छन् । उनले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यताका विरुद्ध सरकारको निर्णय आएको टिप्पणीसमेत गरेका छन् । ‘महामारी...
बसन्त चौधरी: कोरोना संक्रमण पुष्टि

बसन्त चौधरी: कोरोना संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् । Advertisement साभार: रातोपाटी ...
तनहुँ जलविद्युत आयोजनाको  विद्युतगृहमा काम फेरि शुरु

तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा काम फेरि शुरु

देश, समाचार
सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि केही दिन विद्युतगृहको काम अवरुद्ध भएको थियो । मजदुरको माग बमोजिम निर्माण कम्पनीले २ सय १७ जनाको पिसिआर परीक्षण गरेपछि काम नियमित भएको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले जानकारी दिए । “एक जना चालकमा कोरोना सङ्क्रमण देखिएपछि सबै मजदुरको पिसिआर गर्नुपर्ने माग सहित काम बन्द गरेका थियौ, सबैको पिसिआर परीक्षण पश्चात् रिपोर्ट नेगेटिभ आएपछि काम शुरु गरेका छौ,” उनले भने । सिनो हाइड्रो कम्पनीले परीक्षणको व्यवस्था गरेको थियो । Advertisement एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अ...
जाडो याममा महामारी बढ्न सक्ने : प्रधानसेनपति थापा

जाडो याममा महामारी बढ्न सक्ने : प्रधानसेनपति थापा

देश, राजनीति, समाचार
प्रधानसेनापति  पूर्णचन्द्र थापाले  कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार  निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले  कोभिड–१९ बाट ठण्डीयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए । Advertisement महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड– १९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिए । उनले भने, ‘सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल...