२०८३ बैशाख २०

Author: Raunak

एक महिना भित्र फोहोर व्यवस्थापन गर्नु : बञ्चरेडाँडामा डम्पिङ साइट

एक महिना भित्र फोहोर व्यवस्थापन गर्नु : बञ्चरेडाँडामा डम्पिङ साइट

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन् । उनले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर बिसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराएका थिए ।  Advertisement कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइड जाने बाटोको निर्माण, डाँडा कटान, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण र दुईवटा भवन निर्माण सम्पन्न भएका छन् । अब फोहोर बिसर्जन गर्न...
काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।  यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा देशभर भने २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  Advertisement यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३...
करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु : बर्दिवास

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु : बर्दिवास

देश, समाचार, सामाजिक, स्वास्थ्य
बर्दिवास । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरी बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् । बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हानेर उद्दार गरेका थिए । त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । Advertisement त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उन...
धानको समर्थन मूल्य कार्यान्वयन गर्ने सम्झौता : तिलोत्तमामा

धानको समर्थन मूल्य कार्यान्वयन गर्ने सम्झौता : तिलोत्तमामा

देश, समाचार
१५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यो कार्यान्वयन भएको थिएन । संघीय सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् । नगरपालिकाले बोलाएको ...
घाइते नेपाली बिद्यार्थीको देहरादूनमा निःशुल्क उपचारको माग गर्दै नेवि संघ

घाइते नेपाली बिद्यार्थीको देहरादूनमा निःशुल्क उपचारको माग गर्दै नेवि संघ

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।  नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।  “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने ।  Advertisement नेविसङ्घका महामन्त्री दिपक भट्टराईले भारतको शिक्षालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि लक्षित...
दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

देश, समाचार, सामाजिक
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  Advertisement डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।   साभार: रातोपाटी ...
अनुचित कारोबार गर्ने ११ फर्मलाई १ लाख २५ हजार जरिवाना

अनुचित कारोबार गर्ने ११ फर्मलाई १ लाख २५ हजार जरिवाना

देश, समाचार
काठमाडौं । दैनिक बजार अनुगमनका क्रममा अनुचित कारोबार गर्ने ११ फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनका क्रममा शुक्रबार काठमाडौंसहित भक्तपुर र ललितपुरका गरी ११ फर्मलाई कारबाही गरेको हो । अनुचित कारोबारमा संलग्न उक्तफर्महरुबाट विभागले कुल १ लाख २५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । काठमाडौं महानगरपालिका १६ को प्रकाश मिनी स्टोर, प्रतिमा मिनी स्टोर र बडिमालिका खाद्य भण्डार विभागको कारबाहीमा परेका छन् । विभागले उक्त दुई मिनी स्टोरलाई समान ५/५ हजार र बडिमालिका खाद्य भण्डारलाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा सो फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(२) को कार्य गरेकोले सोही ऐनको दफा ३५(ट)को कसुरमा दफा ३९ (१) (घ) बमोजिम ऐेन विपरित कारोबार गरेकाले रु ५०,००० जरिवाना गरिएको विभागले जनाएको छ । ...
लम्साल दाजुभाइले आविष्कार गरे आफै चल्ने सेनिटाइजर मेसिन : रोबोटपछि अर्को फड्को

लम्साल दाजुभाइले आविष्कार गरे आफै चल्ने सेनिटाइजर मेसिन : रोबोटपछि अर्को फड्को

देश, समाचार
बुटवल । गत वर्ष रोबोट बनाएर चर्चा कमाएका बुटवलको कालिका मानवज्ञान माविमा अध्ययनरत लम्साल दाजुभाइले विद्यालय बन्द भएको समय सदुपयोग गर्दै स्वचालित सेनिटाइजर मेसिन बनाएका छन् । कक्षा १० मा अध्ययनरत विशाल लम्साल र कक्षा १२ का कपिल लम्सालले लकडाउनको अवधिमा स्थानीय बजारमै पाइने कच्चा पदार्थ प्रयोग गरेर स्वचालित सेनिटाइजर मेसिन बनाएका हुन् । गुल्मी मालिका गाउँपालिका–६ फूलबारीबाट अध्ययनका लागि बुटवल आएका कपिल र विशाल लम्सालले अध्ययनसँगै प्रविधि निर्माणमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका हुन् । लम्साल दाजुभाईले गतवर्ष नेपाली, हिन्दी र अंग्रेजी भाषामा बोल्न सक्ने, हिँडडुल गर्ने र इलेक्ट्रोनिक पङ्खा, बिजुली बत्ती अफ/अन गर्न सक्ने ईरिसा रोबोट बनाएका थिए । स्कुल बन्द भएको समयलाई अवसरको रूपमा परिणत गर्दै कोरोना संक्रमणको यो परिस्थितिमा अत्यावश्यक सामान बनाएको कपिल लम्सालले रातोपाटील...
इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

देश, समाचार
काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । इन्स्पेक्टर तिमिल्सिना इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत छन् । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा असोजमा विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको र डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले तिमिल्सिनालाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए । Advertisement तिमिल्सिनाले आफ्नो इलाकाको शान्ति सुरक्षा व्यवस्था कायम राखी विभिन्न अपराधीक घटनाह...
२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।  Advertisement मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  साभार: रातोपाटी ...