२०८३ बैशाख २१

Author: Raunak

लक्ष्मी पूजाको समयमा मन्त्री वर्षमान पुन भार प्रेषण केन्द्र

लक्ष्मी पूजाको समयमा मन्त्री वर्षमान पुन भार प्रेषण केन्द्र

देश, समाचार
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण् केन्द्र (एलडिसी) पुगेका छन् । देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन् ।  नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ ।  विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस भन्नका लागि आफैं एलडिसीमा उपस्थित भएको मन्त्री पुनले बताए । ‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्नका लागि नैं माग र आपूर्तिको अवस्थाको प्र...
विदेशी प्रकाशकका पुस्तकमा भन्सार छुट

विदेशी प्रकाशकका पुस्तकमा भन्सार छुट

अर्थतन्त्र, कर्पोरेट, समाचार
काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को पछिल्लो निर्णयानुसार विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटएको जनाएको छ ।  मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साविकबमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।  मन्त्रिपरिषद्को यही कात्तिक २४ को बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्णरूपमा छुट...
सङ्क्रमित सुत्केरी १९ वर्षीया किशोरीको मृत्यु : धरान

सङ्क्रमित सुत्केरी १९ वर्षीया किशोरीको मृत्यु : धरान

देश, समाचार, सामाजिक, स्वास्थ्य
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ ।  सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । Advertisement प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।  शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।   साभार: रातोपाटी ...
लम्की–टीकापुर–खक्रौला सडक निर्मण प्रारम्भ

लम्की–टीकापुर–खक्रौला सडक निर्मण प्रारम्भ

देश, समाचार
कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९.७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने (सतह निर्माणको) काम भइरहेको आयोजनाले जनाएको छ ।  लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९।७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर काम शुरु भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जिनियर पदम मडैले जानकारी दिए । ‘‘सडक निर्माण कार्य ३० महिनामा सक्नुपर्ने समय छ । अहिले पहिलो चरणमा माटो फिलिङ र क्षेत्र छुट्याउने काम भइरहेको छ’’, इञ्जिनियर मडै भन्छन्, ‘‘यतिखेर धमाधम सतह निर्माणको काम थालिएको छ ।’’ हुलाकी राजमार्ग निर्देश...
जोलिया उत्पादन गर्ने किसान मर्कामा

जोलिया उत्पादन गर्ने किसान मर्कामा

देश, समाचार
निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पजि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।  तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ । गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको किसान वीरेन्द्र चौहानले बताए ।  Advertisement उनले हाल देशमा तीन तहका सरकार क्रियाशिल रहँदा पनि किसानका समस्या समाधानमा पहल नगर...
नयाँ स्मार्ट लाइसेंस का लागि थप १४ लाख कार्ड खरिद

नयाँ स्मार्ट लाइसेंस का लागि थप १४ लाख कार्ड खरिद

देश, समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ । सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।  उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ । ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उनले बताए । Advertisement अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ । सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चाल...
सरकारले पर्यटकीय क्षेत्र खोल्ने तयारी

सरकारले पर्यटकीय क्षेत्र खोल्ने तयारी

आर्थिक, देश, समाचार
काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्र...
जिल्ला प्रशासन कार्यालय ललितपुर मंसिर ३ देखि खुल्ला

जिल्ला प्रशासन कार्यालय ललितपुर मंसिर ३ देखि खुल्ला

देश, समाचार
२८ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल स्थगित रहेका नागरिकता वितरणलगायतका सेवा मंसिर ३ गतेदेखि सुरु गर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । Advertisement प्रशासनले स्थानीय तहअनुसार निश्चित बार तोकेर सेवा प्रवाह गर्ने उल्लेख गरेको छ ।जसअनुसार आइतबार, सोमबार र मंगलबार ललितपुर महानगरपालिका, बुधबार महांकाल, बागमती र कोन्ज्योसोम गाउँपालिका र बिहीबार र शुक्रबार गोदाबरी र महालक्ष्मी नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् । पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ । संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार तथा पत्रपत्रिका, छापाख...
थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ । साभार: रातोपाटी ...
अब सूचीकृत सरकारी प्रयोगशाला र अस्पताल मा कोरोनाको निःशुल्क उपचार

अब सूचीकृत सरकारी प्रयोगशाला र अस्पताल मा कोरोनाको निःशुल्क उपचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।  रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ । Advertisement मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।  त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ । साभार: रातोपाटी ...