काँग्रेसल केन्द्रीय समितिको आकस्मिक बैठक आज
काठमाडौं । नेपाली काँग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजेका लागि बैठक बोलाइएको छ। स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए ।
Advertisement
...









