२०८३ कार्तिक १२

‘ सिविलियन’ पोसाकका प्रहरीलाई गैंडाको खाग बेच्न खोज्ने ५ पक्राउ

काठमाडौँ । काठमाडौँ महागरपालिका–२३ झोंछेका सुरेश शाक्य गैंडाको खाग किन्ने ग्राहक खोज्दै हिँडेका थिए । केहीदिनको प्रयासपछि ग्राहक भेटे । १२ लाखमा किनबेच गर्ने सहमति पनि भयो ।

‘गैंडाका खाग कहाँ छ ?’ किन्नेले सोधे । सुरेशले भने, ‘स्वयंभु आउनुस त्यहिँ ल्याउँला ।’ नुवाकोट घर भएकी स्वयम्भु डेरा गरेर बस्ने मुना तामाङको डेरामा बेच्ने र किन्ने मानिस जुटे । 

बेच्नेले खाग देखाए । किन्नेले पैसा देखाए, अनि खागसहित त्यहाँ पुगेका सबैलाई हत्कडी लगाए । बिहीबार साँझ ग्राहकको भेषमा मुनाको डेरामा पुगेका उनीहरु प्रहरी थिए ।


Advertisement


महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुरेश र मुनासहित गैंडाको खागको कारोबार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झोंछेका रिकेश शाक्य, अनिल श्रेष्ठ र नुवाकोटका २६ वर्षीय रामसिंह तामाङ छन् । 

सो समूहले नुवाकोटबाट गैंडाको खाग ल्याएको अनुसन्धानबाट खुलेको अपराध महाशाखाका एसपी प्रकाश रानाभाटले रातोपाटीलाई बताए । रानाभाटले भने, ‘आवश्यक अनुसन्धानका लागि हामीले आरोपीहरुलाई जिल्ला वन कार्यालय काठमाडौँमा पठाएका छौं ।’

गैंडाको खाग लुकाएर राख्ने मुना र सुरेश श्रीमान–श्रीमती हुन् । तर, अहिले उनीहरुको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ । यद्यपी, ति दम्पती खाग कारोबारमा भने सँगै फेला परेका छन् ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap