२०८३ बैशाख २२

Author: Raunak

गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

देश, राजनीति, समाचार
सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । Advertisement गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । विहीबारकै मन्त्रिपरिषद बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ।  साभार: रातोपाटी ...
नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

देश, राजनीति, समाचार
काठमाडौं । भारतीय विदेश विभागका प्रमुख विजय चौथाइवाले दुई दिने नेपाल भ्रमणमा आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा नेपाल आएका उनले आज प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेका छन् । दुई देशका सत्तारुढ दल समेत रहेका पार्टीबीच सम्बन्ध प्रगाढ बनाउनका लागि चौथाईवालेलाई नेकपाले नेपाल बोलाएको बताइएको छ । तर भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको कुरा नेकपा विदेश विभागको जानकारीमा छैन । विदेश विभागका उपप्रमुख विष्णु रिजालले भाजपाका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएको जानकारी नेकपाका विदेश विभागलाई नरहेको बताए ।  स्रोतका अनुसार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको निर्देशनमा पार्टीका महासचिव विष्णु पौडेलले पत्र लेखेर विदेश विभागका प्रमुख चौथाइवालालाई नेपाल बोलाएका छन्...
नेकपा कार्यकर्ता पदम बोहराले तोडे अनशन

नेकपा कार्यकर्ता पदम बोहराले तोडे अनशन

देश, राजनीति, समाचार
कैलाली । पार्टी विभाजन हुनबाट रोक्न माग गर्दै अनशन बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पदम बोहराले बिहीबार अनशन तोडेका छन् । उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य हुन् । उनलाई नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोराले जुस पियाएर अनशन तोडाएका हुन् ।  अनशन तोडाउने क्रममा प्रदेश अध्यक्ष थापाले बोहरालाई ‘तपाईले राखेका माग जायज रहेको र मागका बारेमा केन्द्रमा छलफल गर्ने आश्वासन दिएका थिए । Advertisement नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा यही मंसिर २१ गतेदेखि ५ बुँदे माग राख्दै बोहोरा अनशनमा थिए । उनले पार्टी विभाजन कुनै पनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर जनताको निम्ति काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प...
कानको सुन लुट्न बालिकाको हत्या : आरोपी १९ वर्षीया युवती

कानको सुन लुट्न बालिकाको हत्या : आरोपी १९ वर्षीया युवती

देश, समाचार, सामाजिक
काठमाडौँ । रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार (२१ मंसिर) देखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लागि प्रहरीमा निवेदन दिएका थिए । एक जना अपरिचित महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए । Advertisement परिवारको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको सुवेदीले बताए । बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा के...
लोक सेवाको जाँच: ८ जना नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाको जाँच: ८ जना नक्कली परीक्षार्थी पक्राउ

देश, शिक्षा, समाचार
२५ मंसिर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । Advertisement त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरप...
मृत्युअघि कमानसिंहको भावुक स्टाटस

मृत्युअघि कमानसिंहको भावुक स्टाटस

देश, समाचार, सामाजिक
काठमाडौँ । पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ । कोरोना संक्रमित लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । २०४८ र २०६४ सालमा सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । पारिवारिक रुपमा समेत समस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । निकै भावुक बनेर लेखेको उक्त लामो स्टाटसमा आफुलाई सवैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् । ‘प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिङ्ग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ ! यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्छन्, छ्या कति ...
थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । कास्कीका ४, ललितपुरका ३, सिराहा, सर्लाही, काठमाडौं, नुवाकोट, अर्घाखाँची र रुपन्देहीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । Advertisement लाहान नगरपालिका-२४, सिराहाकी ६१ वर्षीया महिलाको विराटनगरको नोबेल अस्पतालमा मंसिर २२ गते राति मृत्यु भएको छ । बिरामी भएपछि मंसिर २१ गते अस्पताल भर्ना भएकी उनमा त्यही दिन संक्रमण पुष्टि भएको थियो ।ईश्वरपुर नगरपालिका-१२, सर्लाहीका ७४ वर्षीय पुरुषको बीरगञ्जको बाबा होटलको आइसोलेसनमा मंसिर २० गते मृत्यु भएको छ । उनलाई मंसिर १८ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो ।ललितपुरका ६२ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर २१ गते अस्पताल भर्ना  भएका उन...
मन्त्री परिषद बैठक को नयाँ निर्यण

मन्त्री परिषद बैठक को नयाँ निर्यण

देश, राजनीति, समाचार
काठमाडौं । विभिन्न मितिमा बसेका मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक भएको छ ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु बुधबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् । मंसिर १५ गते बसेको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यअवधि पुस १० गते सम्म रहेकोमा एक वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात करिब १ अर्ब १९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय समेत गरेको छ । Advertisement सान्जेन ...
शिक्षकमा कोरोना देखिएपछि झरुवारासीमा विद्यालय बन्द

शिक्षकमा कोरोना देखिएपछि झरुवारासीमा विद्यालय बन्द

देश, शिक्षा, समाचार
२४ मंसिर, काठमाडौं । ललितपुरको गोदावरी–१३, झरुवासीस्थित नवज्योति माध्यमिक विद्यालयले तीन दिन पठनपाठन बन्द गरेको छ । दुई शिक्षकमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि मंसिर २५ देखि २७ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक हरिहर लामिछानेले जानकारी दिए । Advertisement लामिछानेका अनुसार तीन दिनका लागि नर्सरीदेखि कक्षा १२ सम्मको पढाई बन्द गरिएको हो । संक्रमित दुबै शिक्षक होमआइसोलेसनमा रहेको विद्यालयले जनाएको छ । नेपाल अभिभावक महासंघले भने कोरोनाको जोखिम अन्त्य नभईसकेकाले तत्काल फेसटुफेस पढाई नगर्न आग्रह गरेको छ । ‘एकदमै सुरक्षित ठाउँमा बाहेक अहिले विद्यालय गर्न हतार नगरौं, अहिलेलाई वैकल्पिक उपायमै जानु पर्दछ’ महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘ठूला विद्यार्थी पढ्ने विश्वविद्यालय नै खोल्न नसकीरहेका बेला विद्यालय खोल्न आत्...
विप्लवद्वारा हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगिँदै

विप्लवद्वारा हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगिँदै

देश, समाचार, सामाजिक
२४ मंसिर, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट अपहरण गरेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनलाइनखबरलाई बताए । उनका अनुसार सुरुमा गोली हानिएको खबर आए पनि प्रहरी अपराधस्थलमा पुगेपछि घाँटी काटिएको देखिएको छ । यद्यपि, घटनामा प्रयोग भएको हतियार भेटिएको छैन । Advertisement खड्का आफैं पनि मंगलबार मोरङको विकट क्षेत्रमा भएको अपराधस्थलमा पुगेका थिए । भन्छन्, ‘त्यहाँको प्रकृति हेर्दा अपहरण गरेर लैजानेवित्तिकै हत्या गरेर भागेको जस्तो देखिएको छ ।’ मंगलबार साँझ नै समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्...