२०८१ बैशाख २०

महिला पत्रकारको अफगानिस्तानमा गोली हानेर हत्या

एजेन्सी । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार  मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अफगानिस्तानको जलालावादमा निजी कामको सिलसिलामा हिँडिरहेकी उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो ।


Advertisement


आक्रमणमा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत रहेकी थिइन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको बताएका छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap