नेपाली बिजुली बंगलादेश पठाउने एजेन्डामा भारत जस्ता त्यस्तै
२८ मंसिर काठमाडौं । देशमा बढी भएको बिजुली बंगलादेश निर्यात गर्ने नेपालको योजना अनिश्चयको भुमरीमा धकेलिएको छ । नेपाल, भारत र बंगलादेशबीच ठोस सहमति नहुँदा बंगलादेशमा बिजुली बेच्ने नेपालको योजना झन्–झन् पछि धकेलिँदैछ ।
२०७५ साउनमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी (एमओयू) भएको थियो । नेपालले वर्षातमा बढी भएको बिजुली भारतलाई बेच्ने बिषयमा ठोस सहमति हुन नसकिरहेका बेला बंगलादेशसम्म पुर्याउने वातावरण तयार गर्न सकस परेको छ ।
गत असारदेखि असोजसम्म राति २०० मेगावाटसम्म बिजुली खेर फालेको नेपालका लागि बंगलादेश उपयुक्त ऊर्जा बजार हुँदाहुँदै पनि भारतीय पक्षको सहमति र प्रसारण पूर्वाधारको अभावमा बिजुली बंगलादेश पुर्याउन सम्भव छैन ।
ऊर्जा क्षेत्रमा सहकार्यका लागि शुक्रबार भएको नेपाल र भारतका ऊर्जा सचिवहरु सम्मिलित संयुक्त सञ्चालक समिति (जेएससी) को आठौं बैठकमा नेपालको ...









