२०८३ बैशाख २३

Author: Raunak

संक्रमण निको हुने दर ९६.७ प्रतिशत, २४ घण्टामा ५०० संक्रमित थपिए

संक्रमण निको हुने दर ९६.७ प्रतिशत, २४ घण्टामा ५०० संक्रमित थपिए

देश, समाचार
पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा २१३ महिला र २८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु हुँदा ८४० जना निको भएका छन् ।  Advertisement यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४९ हजार १३२ जना रहेको छ ।  हाल देशभर कोरोनाका सक्रिय संक्रमित ६ हजार ७४९ जना रहेको छ भने संक्रमण निको हुनेदर ९६.७ प्रतिशत रहेको छ । यस्तै हालसम्म कुल १८१९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।   यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको कोरोना परीक्षण भएको छ । यससँगै देशभर १९ लाख ५ हजार ८२६ जनाको पीसीआर परीक्षण भएको छ ।  साभार: रातोपाटी ...
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको काम अन्तिम चरणमा

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको काम अन्तिम चरणमा

देश, विदेश / एन.आर.एन, समाचार
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङखण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।  कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्नेगरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ ।  Advertisement बागलुङखण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बलेवा विमानस्थलदेखि केही अघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर...
सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

देश, समाचार, सामाजिक
टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । Advertisement पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे।१ज। २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।  उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।   साभार: रातोपाटी ...
दुई मोटसाइकल चोर पक्राउ

दुई मोटसाइकल चोर पक्राउ

देश, समाचार, सामाजिक
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बा८१प ५२७५ नम्बरको कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई बिहीबार साँझ लगनखेलबाट पक्राउ गरेको हो ।  Advertisement महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँको कपनबाट हराएको मोटरसाइकलसहित लगनखेलबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अभिषेक ढकालले दिएको निवेदनका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।  महाशाखाले पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ ।  साभार: रातोपाटी ...
राज्यमन्त्री मानन्धरको विश्व रेकर्ड

राज्यमन्त्री मानन्धरको विश्व रेकर्ड

देश, मनोरञ्जन / कला, संगीत, समाचार
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५  मिनेट २० सेकेन्ड  सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् । Advertisement राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् ।  मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए ।  नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अ...
ओलीको कदममा भारतको रेस्पोन्स

ओलीको कदममा भारतको रेस्पोन्स

देश, राजनीति, समाचार
१० पुस, काठमाडौं । संसद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा भारतको साथ र समर्थन होला ? राजनीतिज्ञ र कूटनीतिक विश्लेषकहरुसँग यसको यकिन जवाफ छैन । तर, संसद भंग हुनुअघिका केही हप्तामा भएका भ्रमण र गतिविधिले आशंका चाहिँ बढाएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । Advertisement पछिल्ला दुई महिनामा भारतबाट एकपछि अर्काे उच्चस्तरीय भ्रमणहरु भए । तीमध्ये केही भ्रमण स्वाभाविक थिए भने केही अस्वाभाविक । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेका भ्रमणहरु औपचारिक एवं उद्देश्य प्रेरित भ्रमण थिए । तर, भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमण भने आकस्मिक र अपारदर्शी प्रकृतिका रहे । ती भ्रमणका खास उद्देश्यहरु आजसम्म खु...
पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपालको भनाई

पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपालको भनाई

देश, राजनीति, समाचार
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गरेका छन् । शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गरेका हुन् । Advertisement ‘सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । नेकपाका नाममा भएका जति पार्टी कार्यालयहरु छन् । सम्पत्तिहरु छन् । त्यो नेकपाकै हुनेछ । हाम्रो हुनेछ’, उनले भने । तर, पार्टीको नाममा भएका सम्पत्ति बाहेक अरुमा दाबी नरहेको उनले बताए । ‘जहाँसम्म अरु कसैको प्राइभेट कम्पनीहरु छन् भने त्यो प्राइभेट कम्पनीको सम्पत्ति हामी लिँदैनौं । उतै रहोस्’, नेपालले भने । Credit: OnlineKhabar ...
चिनियाँ राजदूत र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता

चिनियाँ राजदूत र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।  Advertisement भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको रिजालले जानकारी दिएका छन् । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।  साभार: रातोपाटी ...
यी हुन् सुनुवाइ गर्ने पाँच न्यायाधीश : संवैधानिक इजलाश

यी हुन् सुनुवाइ गर्ने पाँच न्यायाधीश : संवैधानिक इजलाश

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ हुँदैछ । गत बुधवार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए । Advertisement संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । जबरासहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी तोकिएका छन् । संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरु बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गर...
संसद विघटनविरुद्धको प्रदर्शन भव्य र शान्तिपूर्ण : तरुण दल

संसद विघटनविरुद्धको प्रदर्शन भव्य र शान्तिपूर्ण : तरुण दल

देश, राजनीति, समाचार
१० पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल तरुण दलले आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् । Advertisement ‘नेपाल कम्युनिष्ट पार्टीको के.पी. ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यही २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त...