२०८३ बैशाख २३

Author: Raunak

माइतीघर सडकमा प्रचण्ड नेपाल

माइतीघर सडकमा प्रचण्ड नेपाल

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। Advertisement शुक्रबार बिहान ९:३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ। उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन्। उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।  प्रदर्शनमा सहभागीहरूले 'प्रतिनिधि सभा विघटन खारेज गर', 'संवैधानिक कू मान्दैनौं'जस्ता नारा लगाएका छन्।  प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उ...
सरकारलाई नायकका रुपमा स्थापित गरी चुनावमा केन्द्रित हुने : ओली समूहको

सरकारलाई नायकका रुपमा स्थापित गरी चुनावमा केन्द्रित हुने : ओली समूहको

देश, राजनीति, समाचार
९ पुस, काठमाडौं । नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार सकिएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गरेको छ । साथै पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित गर्ने निर्णय समेत बैठकले गरेको छ । Advertisement बैठकबाट पारित १६ बुँदे प्रस्तावमा सरकारले गरेका कामहरुलाई जनतामा स्थापित गर्ने बताउँदै भनिएको छ, ‘ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ ।’ हेर्नुहोस् बैठकबाट पारित १६ बुँद...
नेकपा छोड्ने पहिरो : ५१ जना काँग्रेसमा प्रवेश

नेकपा छोड्ने पहिरो : ५१ जना काँग्रेसमा प्रवेश

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका थिए । Advertisement नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो । पार्टी प्रवेश गर्नेमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेम बहादुर कार्की, तुला बहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहन कुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदम बबहादुर मोक्तान, पाशङ लामा, मोति घिसिङ, शन्देश लामा, गोपि खत्री, जीवन...
जनताको डरले पार्टी फुटाए : प्रधानमन्त्री ओली

जनताको डरले पार्टी फुटाए : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताए । Advertisement उनले भने, ‘किन संसद विघटन गर्नुप-यो । अरु थुप्रै कुरा छोडिदिनुस । यहि किचकिच, यहि झमेला पार्टी भित्र सधैं हिंडन खोज्यो खुट्टा समाउने, हिंडन खोज्यो अल्झाउने, हिंडन खोज्यो धराप थाप्ने, हिंडन खोज्यो अल्झो लगाउने । देश हाँक्नुपर्ने बेलामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने । सरकारलाई गतिशिल ढंगलले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनु...
राष्ट्रपतिसलाई अख्तियारको प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसलाई अख्तियारको प्रतिवेदन प्रस्तुत

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । Advertisement नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् । साभार: रातोपाटी ...
दुई अध्यक्षीय प्रणालीको मान्दैनौं : प्रभु साह

दुई अध्यक्षीय प्रणालीको मान्दैनौं : प्रभु साह

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य प्रभु साहले पार्टीमा दुईजना अध्यक्ष बनाएकोमा विरोध जनाएका छन् । नेता साहले आज एक विज्ञप्ति जारी गरी अलग अलग पार्टीको एक अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाइको सफलतापछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुको आपसी टकरावले पार्टी क्षतविक्षत भएको उल्लेख गरेका छन् । Advertisement माक्र्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएको कारण देशले घात व्यहोर्नुपरेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीद्वारा गरिएको संसद विघटनको सिफारिसलाई आत्महत्याको संज्ञा दिँदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको तर सो नेतृत्वको समूहले विगतको गल्तीलाई सच्याउनुको सट्टा पुनरावृत...
बञ्चरो हानेर श्रीमतीको हत्या

बञ्चरो हानेर श्रीमतीको हत्या

देश, समाचार, सामाजिक
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।  टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।  Advertisement गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए ।  धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहर...
भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु : बल्खु

भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु : बल्खु

देश, समाचार
९ पुस, काठमाडौं । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । Advertisement पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे भ्यानले ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालक धादिङका राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । Credit: OnlineKhabar ...
जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते : बैतडी

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते : बैतडी

देश, समाचार, सामाजिक
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् । Advertisement बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो ।  गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धाम...
काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने : सन्दर्भ संसद विघटन

काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने : सन्दर्भ संसद विघटन

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९ गते बस्ने बैठकले तय गर्ने उनको भनाइ छ । Advertisement बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा जानुपर्नेमा जोड दिएपछि सभापति शरबहादुर देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम भन्दै नेताहरुले प्रश्न गरे । त्यसपछि भोलि बस्ने बैठकले देशभर प्रदर्शनको मिति र  कार्यक्रम तय गर्ने शर्माले बताए ।  काँग्रेस केन्द्रीय समिति बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थिगित भएको छ । यद्यपि बैठकले पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठक...