२०८३ बैशाख २३

Author: Raunak

राष्ट्रियसभा अधिवेशन घोषणा

राष्ट्रियसभा अधिवेशन घोषणा

देश, राजनीति, समाचार
१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गरेकी छन् । Advertisement राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । Credit: OnlineKhabar ...
सशस्त्र द्वन्द्व घाइतेको निःशुल्क उपचार गर्ने : कर्णाली सरकार

सशस्त्र द्वन्द्व घाइतेको निःशुल्क उपचार गर्ने : कर्णाली सरकार

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड ५० लाख रुपैयाँ सम्बन्धित अस्पताललाई अख्तियारी दिइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । Advertisement मन्त्री भण्डारीका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २५/२५ लाख, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५०/५० लाख रुपैयाँको अख्तियारी दिएको छ । यी...
प्रदेश १ हिउँदे अधिवेशन: माघ ७ गते मिति तोकियो

प्रदेश १ हिउँदे अधिवेशन: माघ ७ गते मिति तोकियो

देश, राजनीति, समाचार
१२ पुस, बिराटनगर । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । Advertisement यसअघि प्रदेश १ को बजेट अधिवेशन गत साउन ९ गतेदेखि अन्त्य भएको थियो । अधिवेशन आह्वान र अन्त्य प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्ने व्यवस्था छ । Credit: OnlineKhabar ...
प्रदेश १ कृषि राज्यमन्त्री ओली समूह तर्फ

प्रदेश १ कृषि राज्यमन्त्री ओली समूह तर्फ

देश, राजनीति, समाचार
१२ पुस, विराटनगर । प्रदेश १ का एकजना राज्यमन्त्रीले आफ्नो कित्ता परिवर्तन गरेका छन् । पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर नेकपाको केपी ओली समूहमा लागेका हुन् । Advertisement आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि प्रचण्ड-नेपाल समूहका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिए पनि राज्यमन्त्री मगरले दिएनन् । मगर पूर्व एमाले हुँदा झलनाथ खनाल निकट नेता हुन् । उनले आफूले राजीनामा नदिने र पार्टी परिवर्तन गरेको बताएका छन् । ‘म त हिजो इलाम तिर आएँ,’ मगरले भने, ‘पार्टी नै परिवर्तन भयो । राजीनामा दिन्नँ ।’ साभार: रातोपाटी ...
मन्त्री रायमाझीले भने, ‘एमसीसी कार्यान्वयन गर्न म सहमत’

मन्त्री रायमाझीले भने, ‘एमसीसी कार्यान्वयन गर्न म सहमत’

देश, राजनीति, समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ,  देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ ।’ Advertisement मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्र...
काठमाडौँमा ‘भेज’ महोत्सव

काठमाडौँमा ‘भेज’ महोत्सव

देश, समाचार, सामाजिक
शाकाहारी तथा वनस्पतिजन्य खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले आज ‘शाकाहारी महोत्सव’ आयोजना गरिएको छ । Advertisement पशु कल्याणकारी संस्था स्नेहाज केयरले हात्तीसरस्थित नेपाल हाउसमा गरेको कार्यक्रममा बारा, आलु, भटमास, फलफूल, जुसलगायत १५ वटा शाकाहारी खानाका कक्ष तथा पशु उपचारसम्बन्धी सामग्रीका कक्ष राखिएका छन् । बोधी गार्डेन, जुस मण्डलालगायत संस्थाको समन्वयमा विभिन्न किसिमका भिगान खानेकुराका स्टल छन् । शाकाहारी जीवनशैली, स्वास्थ्य तथा पशु कल्याण सम्बन्धमा विज्ञहरुसँग गरिएको अन्तक्र्रियामा पशु कल्याणका क्षेत्रमा क्रियाशील अधिकारकर्मी स्नेहा श्रेष्ठ, बौद्ध गुरु आङफुरी शेर्पा, सुरेश आचार्यलगायतले स्वस्थ जीवनशैली विकास गर्न दुग्धजन्य पदार्थ भएका विशुद्ध शाकाहारी खानेकुराको महत्व रहेकाले त्यसलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । शाकाहारी खानेकुरामा...
मकवानपुरमा बस दुर्घटना : १ मृत्यु, ८ घाइते

मकवानपुरमा बस दुर्घटना : १ मृत्यु, ८ घाइते

देश, समाचार, सामाजिक
हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  Advertisement हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।   प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेक...
आज राप्रपाको मोटरसाइकल र्‍याली सम्पन्न

आज राप्रपाको मोटरसाइकल र्‍याली सम्पन्न

देश, राजनीति, समाचार, सामाजिक
११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्‍याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । Advertisement र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ । Credit: OnlineKhabar ...
छक्कबहादुर ओली समूह छाडेर प्रचण्ड-माधवतिर

छक्कबहादुर ओली समूह छाडेर प्रचण्ड-माधवतिर

देश, राजनीति, समाचार
११ पुस, काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले अनलाइनखबरलाई भनेका छन् । Advertisement लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् । Credit: OnlineKhabar ...
बागमतीमा फोहर फाल्नेलाई२३ हजार जरिवाना

बागमतीमा फोहर फाल्नेलाई२३ हजार जरिवाना

देश, समाचार, सामाजिक
राजधानीको सभ्यताको स्रोत बागमती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँ  महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, बागमती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई  नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । Advertisement मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मा रु एक हजार, मीना केसी रु पाँच हजार, बेखालाल तण्डुकार रु एक हजार, दीपेन्द्र बस्नेत रु पाँच हजार, रत्नकाजी श्रेष्ठ रु पाँच हजार, सुमन इन्टरप्राइजेज रु पाँच हजार, कुकुर क्याफे रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ । जरिवाना गरिएको रकम महानगरपालिका व...