२०८१ जेष्ठ ६

चिनियाँ राजदूत र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । 


Advertisement


भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको रिजालले जानकारी दिएका छन् । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap