२०८० चैत्र १५

दुई मोटसाइकल चोर पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बा८१प ५२७५ नम्बरको कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई बिहीबार साँझ लगनखेलबाट पक्राउ गरेको हो । 


Advertisement


महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँको कपनबाट हराएको मोटरसाइकलसहित लगनखेलबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अभिषेक ढकालले दिएको निवेदनका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ । 

महाशाखाले पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap