फागुनसम्म कृषकको वर्गीकरण गरिसक्ने : कृषि मंत्रालय
१२ पुस, काठमाडौं । नव निययुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै कृषक वर्गीकरण र सूचीकरण फागुनभित्रै गरिसक्ने पहिलो निर्णय गरिन् । मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण लगायतका राज्यका सुबिधा कृषकलाई दिन उक्त व्यवस्था गर्न लागिएको मनत्री अर्यालले बताइन् ।
‘कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट सुरुआत गरिने छ, यसबाट वास्तिविक किसानले ठूलो राहत प्राप्त गर्ने अपेक्षा लिइएको छ,’ मन्त्री अर्यालले भनेकी थिइन् ।
Advertisement
कृषक परिचयपत्र कार्यक्रम के हो ?
निवर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूसालले अघि सारेको एक ड्रिम परियोजना थियो ‘कृषक वर्गिकरण र सूचीकरण’ ।
कृषकका नामा राज्यले प्रदान गर्ने सुबिधामा भएको भ्रष्टाचार रोक्न र कृषि वि...









