२०८१ बैशाख २६

सरकारको गल्ती सर्वोच्चले सच्याउनैपर्छः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको भरोसा अदालतसँग मात्र रहेको बताएका छन् । सोमबार काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बरिष्ठ नेता पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए  । उनले भने– ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।’ 


Advertisement


नेता पौडेलले मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्नेमा जोड दिए । उनले संविधानमा संसद विघटनको व्यवस्था नभएको स्पष्ट पार्दै नेकपाको आन्तारिक विवादसँग जोडेर प्रधानमन्त्री ओलीले कदम चालेको र त्यसलाई राष्ट्रपतिले समर्थन गरेको आरोप लगाए । संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको भन्दै पौडेलले उनको आलोचना गरे ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap