२०८३ कार्तिक १२

मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्।

यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उनले बताए। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’


Advertisement


उनले केही नयाँ मन्त्री आउन सक्ने बताए।

‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभएको र माधव नेपालजीले पनि हामी नयाँ छौं सहयोग गर्नुपर्‍यो भन्नुभएको हो।

मन्त्रिपरिषद हेरफेरको अवस्था आए हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ। यसमा प्रधानमन्त्री सहमत पनि हुनुहुन्छ।’

उनले फरक प्रसंगमा आफ्नै खुट्टामा उभिएर माओवादी चुनावमा जाने तयारीमा रहेको पनि बताए। तर गठबन्धन माओवादीको नेतृत्वदायी भूमिकाले बनेको पनि उनको भनाइ थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap