प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा, बिहानी अकुपेन्सी १० प्रतिशत
काठमाडौं । हरर थ्रिलर ड्रामा फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । २ घण्टा २१ मिनेट लामो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायत कलाकार छन् ।
मण्र्य जेम्स र यश सैनी निर्देशित फिल्म हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ । नेपालका हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा ‘चि मुसी चि’ प्रदर्शनमा आएको हो ।
वास्तविक घटनामा आधारित कथावस्तुमा बनाइएको भनिएको फिल्मले अपार्टमेन्टमा बसोबास गर्ने एक दम्पतीको जीवनमा आउने अनौठा घटनालाई प्रस्तुत गर्छ । फिल्म रिलिजअघि निर्देशकले प्रिभ्यु सार्वजनिक गरेका छन्, जसमा यो फिल्मको कथावस्तुलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
फिल्मको कथा एक घटनाबाट सुरु हुन्छ । काम गरेर जीवन चलाइरहेका एक दम्पती छन् जसक...









