महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर
काठमाडौं । आईएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ रआईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उक्त डिलरको उद्घाटन संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बढ्दै गएको विद्युतीय गाडीको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रबर्द्धन गर्न मद्धत गर्ने बताए ।
विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुने उनले बताए ।
कार्यक्रममा ढकालले आईएमई इलेक्ट्रिकले ई मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिए...









