मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका
Representative Image
आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो ।
स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ ।
आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पा...









