२०८३ बैशाख २०

Tag: Nepal

हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

समाचार
साभार: सेतोपाटी सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए। उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्‍याइए पनि कोरोना भाइरसका कारण अस्पतालहरूमा भेन्टिलेटर र अक्सिजन बेड अभावका भएपछि उनलाइ झापाको बिएण्डसी अस्पताल पुर्‍याइएको थियो। समयमै उपचार सम्भव नभएकै कारण उनको ज्यान गएको अन्सारीले बताए। ...
क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

खेलकुद
Credit: Online Khabar ७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीले सन् २०१९ मा पाउने तलमा १० हजार बढेर आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै  राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन् । निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो । अब ग्रेडिङमा रहेका हरेक तलहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।  ‘क्यान आइसकेपछि पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न सिफारिस गरेको हो’ सचिव प्याकुरेलले अनलाइनखबरसँग भने, ‘त्यो बमोजिम हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ । हाम्रो प्रस्ताव स्वीकृत भएको छ र प्रत्येक तहमा १...
सर्वोच्चको ‘भ्रष्टाचार’ छानबिन समितिको सीमित क्षेत्राधिकार

सर्वोच्चको ‘भ्रष्टाचार’ छानबिन समितिको सीमित क्षेत्राधिकार

राजनीति
काठमाडौँ — न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न भनी गठन गरिएको समिति पुराना प्रतिवेदन अध्ययनमा सीमित हुने भएको छ । समितिका सदस्यहरूलाई सर्वोच्च अदालतले पठाएको पत्र र कार्यादेशमा पुराना प्रतिवेदन अध्ययन गरी अर्को प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ । साभार: कान्तिपुर न्यायपालिकामा विकृति र विसंगति हुन सक्ने भन्दै प्रधानन्यायाधीशको एकल निर्णयबाट गत साउन २९ गते समिति गठन गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिमा न्यायपरिषद्, सरकारी वकिल, बार एसोसिएसनलगायतको प्रतिनिधित्व हुने भनी निर्णय भएको थियो । समितिलाई अनियमितता र भ्रष्टाचार हुन सक्ने क्रियाकलापको अध्ययन गरी रोकथामका उपायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइने भनिएको थियो । सर्वोच्च अदालतले समितिका एक सदस्यलाई पठाएको पत्रमा अनियमितता र भ्रष्टाचार हुन ...
केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

राजनीति
साभार: सेतोपाटी नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिन सुझाव दिएको छ। 'सरकार एउटा अध्यक्षले र पार्टी अर्को अध्यक्षले चलाउने भनिएको छ,' श्रोतले भन्यो, 'पार्टी काममा प्रचण्ड पूर्ण सक्रिय हुने तर प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने भनिएको छ। त्यस्तै प्रधानमन्त्री ओली सरकारको काममा सक्रिय रहने तर प्रचण्डसँग सल्लाह गरेर अघि बढ्ने भन्ने छ।' यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो। कार्यदलको सुझावसँगै अब प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रसंग सकिएको छ। यसअघि प्रधानमन्त्री ओलीले...