२०८३ बैशाख २१

Tag: Nepal

Light snowfall predicted in high-hill areas today

Light snowfall predicted in high-hill areas today

देश, समाचार
The westerly wind has a general impact in the country's weather system now. Due to the effects in the weather system, the mountainous area of the country would witness partial to general changes while remaining areas would generally see clean weather, the Weather Forecasting Division said. As informed, partial to general changes would occur in the mountainous belt of the country this afternoon while light rain with thunderstorms are to take place in some areas of the mountainous belt in the province-1, Bagmati and Gandaki provinces and in 1-2 places of Lumbini, Karnali and Sudurpaschim provinces. Light snowfall is predicted in limited areas of high hill and Himalayan territory in the country, the Division informed.Likewise, in the night time, partial changes would occur ...
रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

राजनीति
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताउनुभयो ।––– ...
Jorpati-Sundarijal road expansion drive coming closer to completion

Jorpati-Sundarijal road expansion drive coming closer to completion

देश
The Jorpati-Sundarijal road widening plan has come closer to the final stage after a hiatus.The drive was not gaining momentum for long due to obstructions from different fronts. The Kathmandu Valley Road Expansion Project said the Jorpati-Sundarijal road expansion drive was coming closer to a conclusion after resolving all the problems surfaced. Information Officer at the project, Mahananda Joshi shard that blacktopping was remaining to be done on 50-60 meter portion of the road nearby Nayapati due to dispute with locals. According to him, there was a dispute between the construction workers and locals some weeks ago."The ward office is effortful to coordinate with the concerned agencies to fix the problems surfaced in the area. Remaining areas would be blacktopped immediate...
‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

अर्थतन्त्र, आर्थिक
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्नुहुन्छ । पक्की घरमा बस्नुहुन्छ । खेत जोत्नका लागि उहाँसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उहाँले व्यावसायिक तरकारी खेतीबाट जोड्नुभएको हो । डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उहाँले वर्षमा रु दश लाख बढीको तरकारी बेच्दै आउनुभएको छ । खर्च कटाएर आधाभन्दा बढी रकम आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरी परिवारसँग एलानी एक बिघा जग्गा छ । त्यसै जग्गामा व्यावसायिक तरकारी खेती हुने गरेको छ । “परम्परागत रुपमा खेती गर्दा वर्षभरिका खानका लागि पुग्दैनथ्यो”, विगत सम्झँदै चौधरीले भन्नुभयो, “सानो बारीमा थोरै सिमी र खुर्सानी लगाइने गरिएको थियो, बुबासँगै काँधमा झोला झुण्याउँदै घरघरमा पुगेर चामलसँग तरकारी साटेर ल्याउने गरेका थियौँ ।” उहाँ भन्नुहु...
क्रसर उद्योग सञ्चालनमा आए

क्रसर उद्योग सञ्चालनमा आए

देश
यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालनमा ल्याइएको हो । जिल्लामा सञ्चालित ४९ क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँको अनुसार गत माघ १५ गते गृह मन्त्रालयको परिपत्रअनुसार दर्ता भएर सञ्चालनमा रहेका तथा राजस्व बुझाएका कागजातको आधारमा बन्द गरिएको क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो । ती उद्योगह आगामी असार मसान्तसम्म सुचारु हुन दिने गृह मन्त्रालयको परिपत्रमा भनिएको छ । “कानुनीरुपमा दर्ता भएका र कर (राजस्व) बुझाउँदै आएका उद्योगलाई सञ्चालन गर्न दिने गृह मन्त्रालयको निर्णयको आधारमा ती उद्योगमा लगाइएको ताला प्रहर...
परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

राजनीति
परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री डा पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।...
प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

विचार, विचार
कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् । राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो । गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स ...
सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

राजनीति
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गर्नुभयो ...
सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

समाचार
बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ¬्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अ...
गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

SYM शुद्ध सकारात्मकता, देश
बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ । नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो । नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारीसमेत खटाएको थियो । नगरपालिकाले बालमैत्री नगरपालिका घोषण...