२०८१ जेष्ठ ४

Tag: Nepal

फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

देश, समाचार
फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा फागुन २२ गते पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुन लागेको हो । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, छिम्केश्वरी युवा क्लब तथा आँबुखैरेनी–५ कार्यालयको सहआयोजनामा मेला हुन लागेको हो । मेलाको संरक्षकमा गाउँपालिका रहेको छ । साहित्यिक पर्यटनका माध्यमबाट छिम्केश्वरीलाई देशभर चिनाउने उद्देश्यसहित मेला आयोजना गरिएको परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष छिम्केश्वरीमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । छिम्केश्वरी मन्दिरमा उक्त दिन पूजाआजाका लागि तनहुँका मात्र नभई छिमेकी जिल्लाबाट पनि सर्वसाधारण आउन गरेका छन् । छिम्केश्वरी तनहुँकै अग्लो स्थानमा रहेको ठाउ...
प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

स्वास्थ्य
बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो । तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको छ । सामान्यतः छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तीपाइले निवारण अभियानका लागि स्वास्थ्यकर्मी रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन् । हात्तीपाइलेविरुद्धको आम औषधि अभियानलाई प्रभावकारी बनाउन सचेतनामूलकका लागि टोलस्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइलेसम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रियाकलाप सम्पन्न गरिएको छ । यस प...
पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

देश, समाचार
पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।“पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो । म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने...
RSP forms province committees in all seven provinces

RSP forms province committees in all seven provinces

राजनीति
Rastriya Swatantra Party (RSP) has formed its province committees in all seven provinces.Along with the formation of the committees, the party has also designated working portfolios. The party has entrusted Rajesh Timsina as the province-1 President, Tapeswor Yadav as the Madhes province President and Achutam Lamichhane as the Bagmati province President. Likewise, the party has designated Rajan Gautam in Gandaki province, Devraj Pathak in Lumbini province, Dhiraj Bahadur Wali in Karnali and Prakash Bishta in Sudurpaschim province RSP sources said. ---
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

देश
हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन÷चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जना...
मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

देश, समाचार
हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो । नासों गाँउपालिका–३ स्थित बेँसीसहर–मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवीन भण्डारीले जानकारी दिनुभयो । “इलाका प्रहरी कार्यालय धारापानीको आयोजनामा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी चालक, सहचालक र स्थानीयवासीलाई सचेत गराइएको हो”,भण्डारीले भन्नुभयो, “जोखिम सडकमा यात्रा गर्दा सचेतना बढी अपनाउनपर्ने हुन्छ । यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।” वर्षायाम सुरु ह...
विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

आर्थिक
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभयो । म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मस...
प्रतिनिधिसभा बैठक चैत ५ मा

प्रतिनिधिसभा बैठक चैत ५ मा

राजनीति
आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।” अब राष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । यही फागुन २५ गते राष्ट्रपति पदको र आगमी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हँुदैछ । ...
सिर्सिया नदीमा फोहर फाल्ने उद्योगलाई कारबाही गरिने

सिर्सिया नदीमा फोहर फाल्ने उद्योगलाई कारबाही गरिने

देश
सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर फ्याँक्ने उद्योगहरूलाई कारबाही गर्ने तयारी गरेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहरका कारण सिर्सिया नदी प्रदूषित भएको भन्दै महानगरपालिकाले फोहर फाल्ने उद्योगलाई कारबाहीको तयारी गरेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । करिडोरमा सञ्चालित अधिकांश उद्योगले फोहर व्यवस्थापनमा ध्यान नदिएको र वातावरण प्रदूषणमा ख्यालै नगरी सिर्सिया नदीमा फोहरमैला मिसाई प्रदूषित बनाइरहेको पाइएकाले त्यस्ता उद्योगमाथि कारबाही गर्न लागेको नगरप्रमुख सिंहले बताउनुभयो । सिर्सिया नदीमा फोहर फाल्ने तीन वटा उद्योगलाई वातावरण प्रदूषण ऐनअन्तर्गत कारबाहीको पत्र पठाइसकिएको र अन्य उद्योगमाथि पनि निगरानी बढाइएको उहाँले बताउनुभयो । सिर्सिया नदीलाई फोहररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाल...
‘भूपि पुरस्कार’का लागि कृति आह्वान

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

साहित्य
धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कविता कृति आह्वान गरिएको छ । प्रतिष्ठानको बैठकले आगामी वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विसं २०७८ र ०७९ मा प्रकाशित गद्य शैलीका कविता कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले स्रष्टा र साहित्यिक संस्थालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । विसं २०८० को भूपि जयन्तीमा स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार छ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ । कवि भूपि शेरचनकै शैली पछ्याएर लेखिएका काव्यकृतिले मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्राडा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्क...