२०८१ जेष्ठ ६

Tag: Nepal

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को स्पिन-अप तथा दोस्रो श्रृंखला ‘भष्मे डन’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । जारी पोस्टरमा फिल्मको प्रदर्शन मितिको रुपमा आगामी दशैं उल्लेख छ । पहिलो पोस्टरमा फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा अभिनय गरेका विपिन कार्कीलाई फिचर्ड गरिएको छ । उक्त पोस्टरमा विपिन भष्मे डनको लुक्समा छन् । पहिलो भागमा विपिनलाई यो चरित्रमा निकै रुचाइएको थियो । दोस्रो पोस्टरमा विपिनलाई केन्द्रमा राख्दै अन्य पात्रलाई फिचर्ड गरिएको छ । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ लगायतलाई पनि पोस्टरमा चित्रण गरिएको छ । सबै कलाकारको आ–आफ्नो लुक्स पनि यसमा प्रस्तुत छ । खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले फिल्म निर्देशन गरेका हुन् । शुक्रबार मात्रै विपिन अभिनित अर्को फिल्म ‘एक भग...
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

समाचार, साहित्य
२ भदौ, काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् । पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो । ...
साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट

अर्थतन्त्र
१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि उनीहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो । आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरको हकमा साउनबाट यो प्रावधान लागु भएको हो । सोहीकारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनु पर्ने भएको छ । साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ...
भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

राजनीति
२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् । संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए । आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ । ‘हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने । ...
‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

नेपाली चलचित्र
काठमाडौं । मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेण्ड लामो ट्रेलरमा फिल्मको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । नि:सन्तान दम्पतीलाई भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा फिल्मले पेश गर्छ । आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् । ‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीको छ । मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, सुशील पोखरेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना, टीकाभक्त जिरेल लगायतले फिल्ममा अभिनय गरेका छन् । यो फिल्मको छायांकन तनहुँको बन्दीपुर ...
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने : यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने : यसरी हेर्न सकिन्छ नतिजा

शिक्षा
३० साउन, भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने, ‘बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सा...
गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

राजनीति
३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको ...
भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन– एकअर्कालाई विश्वास गर्नुस् तर चेक पनि गर्नुस्

भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन– एकअर्कालाई विश्वास गर्नुस् तर चेक पनि गर्नुस्

अर्थतन्त्र
२८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले भने, ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’ उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए । उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सत...
Empowering Future Innovators: Himalayan WhiteHouse School’s STEM Workshop and Challenge

Empowering Future Innovators: Himalayan WhiteHouse School’s STEM Workshop and Challenge

SYM शुद्ध सकारात्मकता, शिक्षा
In a groundbreaking initiative that aimed to ignite young minds and foster innovation, the Himalayan WhiteHouse School (HWS) organized a three-day workshop on Python programming and Micro bit, held from the 7th to the 9th of August. This landmark event was conducted in collaboration with the prestigious Texas Instrumentals, USA, marking the first of its kind in Nepal. HWS took a pioneering step by inviting students from other schools to participate in the workshop without any enrollment fees, emphasizing their commitment to advancing education and technology throughout the region. The primary objective was to provide students with an immersive opportunity to explore the realms of Robotics and Computing, laying the foundation for their future endeavors in these fields. .blo...
Are you in Putalisadak? Here are top 3 lunch spots for your cravings

Are you in Putalisadak? Here are top 3 lunch spots for your cravings

कभर स्टोरी
Being in most busy and chaotic working area of Kathmandu i.e. Putalisadak, it's a tough decision to choose your lunch spot. Either you are working professional or a student, everyone needs a better place with a greater ambience and mouth watering food. If you are confused to choose your next lunch stop, here are 5 best restro in Putalisadak area to halt your hunger. 1) Sahara Restro & Bar (known as Sahara Tandoori Cafe) Right in the epicenter of Putalisadak and opposite to Star Mall, Sahara Restro & Bar (widely known as Sahara Tandoori Cafe) is the best spot for all sort of food, lunch and beverages. Founded in 2076 by Sailendra Bikram Thapa and team, Sahara has been everyone's favourite spot to hangout, discuss business or celebrate any occas...