Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/storage/symnetwork.com/wp-includes/functions.php on line 6170
सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै - SYMNetwork
२०८३ श्रावण २३

सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै




काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् ।


Advertisement


नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् ।

फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् ।



तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा नीतासहित सलोन बस्नेत, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा र भारतीय अभिनेता ब्रह्मानन्द पनि कलाकारको रुपमा छन् । विपनाले मंगलबारदेखि सुटिङ सेट ज्वाइन गर्ने बुझिएको छ । कबीर लालले फिल्म खिचिरहेका छन् । फिल्मको निर्देशक चन्द्र पन्त हुन् । फिल्मलाई सन् २०२४ भित्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Copy link
Powered by Social Snap