![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/12/Pradeep-Rawat-Neeta-Harihar.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् ।
फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपात्रको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा नीतासहित सलोन बस्नेत, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा र भारतीय अभिनेता ब्रह्मानन्द पनि कलाकारको रुपमा छन् । विपनाले मंगलबारदेखि सुटिङ सेट ज्वाइन गर्ने बुझिएको छ । कबीर लालले फिल्म खिचिरहेका छन् । फिल्मको निर्देशक चन्द्र पन्त हुन् । फिल्मलाई सन् २०२४ भित्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)