सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताउनुभएको छ ।
बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उहाँको भनाइ थियो ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताउनुभयो । भावनात्मकरूपमा महिला भएको भए राम्रो हुने भए पनि कानुनी रूपमा प्रश्न गर्ने ठाउँ नरहेको के...









