![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/03/AmanLal_modi_HAoLLzmxIv-1024x622.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पार्नुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचाँै विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताउनुभयो ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
“निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेमा छटपटी भएको छ” उहाँले भन्नुभयो, “वृत्तिविकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।”
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।
“तपाईंहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो”, उहाँले भन्नुभयो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)