२०८२ माघ १८

Tag: Nepal

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

राजनीति
उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गर्नुभयो । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध हुनुभएको थियो भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसक्नुभएको छ । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको ...
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

देश
चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि रु २५ लाख खर्च भएको उहाँले बताउनुभयो । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार बजेटमा काम भइरहेको छ । यस्तै निकुञ्जले यस वर्ष रु पाँच लाखको लागतमा पाँच वटा पोखरीसमेत मर्मत गरिएको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि घाँसेमैदान व्यवस्थापनको काम गरिएको तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुको वासस्थान व्यवस्...
Cooperative campaigners call for motivating good performers and booking wrongdoers

Cooperative campaigners call for motivating good performers and booking wrongdoers

बैँक/ बीमा
Cooperative campaigners of Nepal have suggested to the stakeholders not to undermine the cooperative sector – the spectacular pillar of the economy – being operated in consistent with its norms and values.At a time when the Ministry of Land Management, Cooperatives and Poverty Alleviation has put efforts to resolve the problems surfaced in savings and credit cooperative sector, they recommended the decision-takers not to put all cooperatives in a single basket. At a discussion organized here on Wednesday regarding cooperatives, Ministry Secretary Dr Damodar Regmi said a directive was already issued to the Cooperative Solution Committee to make necessary arrangement for the embattled cooperatives to immediately return savings of the depositors.As informed, the committee has so...
पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल अब्बल

स्वास्थ्य
पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले जानकारी दिनुभयो । सोही अवधिमा २१ लाख ६१ हजार पाँच सय ५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा श्रेष्ठले बताउनुभयो । “यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा तीन लाख ९८ हजार सात सय २७ को आँखा जाँच गरिएको छ”, उहाँले भन्नुभयो, “११ हजार तीन सय २७ लाई निःशुल्क चश्मा वितरण पनि गरियो ।” विभिन्न स्थानमा...
मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

देश, समाचार
सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो । बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु एवं अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सविचको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ । कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । ‘द युनाइटेड नेशन २०२३...
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

देश
सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । गत फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको ‘हेल्दी सिटी समिट’ विषय कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको छ । बैठकले यही चैत ८ देखि १० सम्म...
उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय

उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताउनुभयो । बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढङ्गले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ । हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । बैंकको ब्...
पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग

पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग

देश
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरी लगत सङ्कलन तथा बहुआयामिक गरिबी निवारणसहित पुनःस्थापनाका कार्यक्रम ल्याउन मधेस प्रदेश सरकारसित माग गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मङ्गलबार ज्ञापनपत्र बुझाउँदै मञ्चका अध्यक्ष दशनलाल मण्डलसहितको टोलीले २०७९ साउन २ गते सङ्घीय सरकारले हरवाचरवा मुक्ति, ऋण तथा कागजात खारेजीको घोषणा गरे पनि पुनःस्थापनाका काम अगाडि नबढेको भन्दै गुनासो गरेको छ । प्रदेश सरकारलाई एकीकृत प्याकेजसहित न्यायिक पुनःस्थापना गर्नुपर्ने र त्यसका लागि तत्काल अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठनको माग गरिएको अधिवक्ता बालाराम भट्टराईले जानकारी दिनुभयो । संविधान र कानुनले निषेध गरेको हरवाचरवा प्रथा मधेस प्रदेशका आठ जिल्लामा अझै अस्तित्वमा रहेकाले यसलाई हटाउन विस्तृत कार्ययोजना र कार्यविधि तत्काल प्र...
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

राजनीति
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ । यसैगरी प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ । ...
रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

देश, समाचार
डडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो परीक्षण गरेको हो । समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । गतलाङ पाखामा विज्ञले गरेका सिफारिसका आधारमा वनस्पति रोपण गरिने जानकारी दिँदै डिभिजन वन अधिकृत अनिल रेग्मीले १० सामुदायिक वनमा भने प्राकृतिक...