![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/03/nepal-karate-asssociation-1024x576.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन हुनुभएको छ । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन हुनुभएको छ ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन हुनुभएको छ । यस्तै अध्यक्ष लामाले पुनः सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहनुभएको छ ।
छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)