२०८१ बैशाख ८

Tag: covid-19 victims

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । Advertisement उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । ...
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो। सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो। जसमा उनलाई कोरोना लागेको देखिएको हो। लक्षण नदेखिएका उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्। अस्पतालले दिएको औषधी भने उनले खाइरहेका छन्। Advertisement उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। फिलिपिन्समा भएको प्रतिस्पर्धामा उनले जितेको सो पदक नेपालले औपचारिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको पहिलो पदक हो। त्यसअघि उनले नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा ब...
भैरहवाको भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु

भैरहवाको भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर तिलोत्तमा — रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो । Advertisment खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको फोकल पर्सन डा. प्रजापतिले...
शुरुमै अस्पताल लगेको भए हुनेरहेछ !

शुरुमै अस्पताल लगेको भए हुनेरहेछ !

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कि ६८ वर्षीया  महिलालाई भदौ ११ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह र उच्च रक्तचापको समस्या भएकी उनले बुटवल हस्पिटल प्रालिमा डा. नन्दु पाठकसँग नियमित चेकजाँच गराउँदै आएकी थिइन् । पछिल्लोपटक जचाउन जाँदा डाक्टरले कोरोना जाँच गर्न भनेपछि उनले आफ्नै खर्चमा पीसीआर परीक्षण गरेकी थिइन् । साउन ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन सेन्टर ल्याउन तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी एम्बुलेन्स लिएर घरमा पुग्यो । तर उनका छोरा र बुहारीले अस्पतालमा पठाउनु भन्दा ‘होम आइसोलेसन’मा राख्दा राम्रो होला भनेर एम्बुलेन्स फर्काइदिए । त्यसबेला आमालाई कुनै लक्षण नदेखिनुका साथै स्वास्थ्यमा समस्या पनि नदेखिएको र अलग्गै राख्न मिल्ने छुट्टै फ्ल्याट पनि भएकाले घरमै राखेको मृतकका छोराले बताए । ‘आई...
धरानमा सिरहाका संक्रमितको मृत्यु

धरानमा सिरहाका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । Advertisement ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो। यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए। उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो। ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ। यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन्। ...
मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइसकेको सिंहले बताए । उक्त अस्पतालमा लकडाउनका अवधिमा पनि बिरामीको संख्या उल्लेख्य हुने गरेको छ । बुटवल उपमहानगरका अन्य ३५ जना कुनؘ-कुन वडाका हुन् भन्ने विवरण तयार गर्ने क्रममा रहेको उनले जानकारी दिए । दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार बुटवलमा ३५ जनासहित रुपन्देहीमा बिहीबार ७२ जना नयाँ संक्रमित थपिएका छन् । ...
बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ। विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।  आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ। ...