२०८१ बैशाख ११

Tag: covid-19 management

एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।  स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ । पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।  यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा य...
कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् । केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् । Advertisement ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माको अध्यक्षतामा आयोजित भेलाले गरेको निर्णयमा उपत्यका बाहिरका प्रयोगशालाले समेत ऐक्यबद्धता जनाउने मौखिक जानकारी दिएको बताइएको छ । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाले सरकारलाई कोरोना महामारीको व्यवस्थापनका लागि सहयोग गरिरहेको अवस्थ...
काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।  शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  Advertisement मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर १२०१ नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या ५२ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६ महिला र ७८५ जना पुरुषमा संक्रमण देखिएको हो ।  ...
कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि कहाँ होलान ? होम आइसोलेसनमा ? कुनै अस्पतालको आइसोलेसनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्टरमा ? यदि तपाईँले यस्तै अनुमान गर्नुभएको छ भने तपाईँ गलत हुनुभयो । काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकिरहेका शाक्य यतिबेला काठमाडौं सबैभन्दा महंगो आइसोलेसनमा छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेको खुलेको हो ।  उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएको खुलेको हो ।  उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी...
कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर काठमाडौँ — कोरोना निको भएर घर फर्किएपछि एक ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तार्केश्वर नगरपालिका निवासी उनको संक्रमणमुक्त भएर घर फर्केको एक सातापछि मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा भर्ना गरेर उपचार गरिएको थियो । भदौ १२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएपछि उनलाई एपीएफ अस्पतालले डिस्चार्ज गरेको थियो । साउन ३२ गते ज्वरो आएका कारण ग्रिन सिटी अस्पतालमा भर्ना भएका परीक्षण गराउँदा निमोनिया देखिएपछि कोभिड–१९ हुनसक्ने शंका गर्दै चिकित्सकहरुले उनको पीसीआर गराएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ ३ मा एपीएफ अस्पताल रिफर गरिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएपछि ६ दिन भेन्टिलेटरमा राखेरै उपचार गरिएको थियो । मृतकका छोराका अनुसार अस्पतालबाट घर फिरेपछि उनको बुवाको अवस्था सामान्य हुँदै गएको थियो । उनी नि...
आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २० भदौ, रौतहट । होम आइसोलेसन हटाउन देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र  संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाले सहयोग गरेका थिए । Advertisement आइसोलेसन सेन्टर बनेपछि संक्रमितहरुलाई ल्याउन भने कसैले पनि चासो दिएका छैनन् । आइसोलसनमा शनिबार १२ जना संक्रमित छन् । रौतहटमा दुई दिन पहिले बिहिबार मात्रै ३५ जना र शुक्रवार २३ संक्रमित थपिएका छन । थपिएका संक्रमितहरुलाई स्थानीय पालिकाले आइसोलेसनमा पठाउन पहल गरेका छैनन् । संक्...
बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट। बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ। प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ। तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ। गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो। उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। .....१२२२ आइडी न...
कोरोना संक्रमितलाई होटल आइसोलेसनमा राख्ने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नुपर्ने

कोरोना संक्रमितलाई होटल आइसोलेसनमा राख्ने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नुपर्ने

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्राललये काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई होटलको आइसोलेसनमा राख्न सकिने गरी छलफल अघि बढाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नै खर्चमा राम्रो सुविधामा बस्न चाहने संक्रमितलाई होटलको आइसोलेसनमा राख्नेगरी छलफल अघि बढेको बताए। 'यसबारे छलफल भइरहेको छ। पैसा हुने र अलिक राम्रो सुविधामा बस्न चाहने संक्रमितहरूलाई होटलमा राख्ने भनिएको हो,' उनले भने। उनले घरमा बस्न समस्या भएका र आइसोलेसनमा पनि भीडभाड हुने भन्दै एक्लै बस्न चाहनेहरूको लागि उक्त विकल्पबारे छलफल भएको बताए। प्रवक्ता गौतमले भने, 'कति मानिस घरमा बस्न समस्या भएका हुन्छन्। साथै आइसोलेसनमा पनि बढी भीडभाड भयो भनेर छुट्टै बस्न खोज्ने हुन्छन्। हामीले त्यस्ता व्यक्तिलाई होटलमा राख्न सकिन्छ कि भनेर काम गरिरहेका छौं।' उनले धेरै संक्रमितहरूबाट आइसोलेसनमा बस्न ...