२०८१ बैशाख २१

SYM शुद्ध सकारात्मकता

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

SYM शुद्ध सकारात्मकता
“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउनुहुन्थ्यो । गाउँको बीचमा रहेको एउटा धारोबाट सिङ्गो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु पर्दैन । अहिल प्रत्येकको घर–घरमा धारा जडान भएका छन् । खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ । वि.सं. २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो । खानेपानी आयोजना निर्माणका लागि वेय...
संस्कृति जोगाउँदै समाज घर

संस्कृति जोगाउँदै समाज घर

SYM शुद्ध सकारात्मकता
विभिन्न अवसर र सुविधाको खोजीमा गाउँ छाडी सहर पस्ने धेरै लछन् । गाउँमा भएको सबैथोक त्यागेर सहर पस्नेले गाउँको संस्कार, संस्कृति, भाषा भने लिएर आएका हुन्छन् । सहरमा उनीहरु त्यसलाई सहरमा देखाउन चाहन्छन् । यसका लागि गतिलो माध्यम बनेको छ, ‘समाज घर’ । विभिन्न गाउँबाट पोखरा झरेकाहरुले यहाँ आ–आफ्नो सहरमा समाज घर बनाएका छन् । यस्ता समाजघरमार्फत संस्कार, संस्कृति, भाषा जोगाउन ध्यान दिइएको पाइन्छ । हिजो बुद्ध पूर्णिमाका दिन पोखराका गुरुङ समाजघरमा घाटु नृत्य देखाइयो । पोखरा महानगरपालिका–१४ काजीपोखरीस्थित पोंचोकों तमु परिवार पोखरामा पनि दिनभर घाटु नाच प्रस्तुत भयो । समाजघरमा घाटुसरीहरु दिनभर व्यस्त हुनुभयो । टाउकोमा लाया (घाटुका लागि धानको लाभाबाट बनाएको टोपी) र बिर्कोट (लायालाई अड्याउन बनाइएको कपडा) लगाएका बालिका निदाएकै आभाषमा गुरुबाको स्वरसँगै हाउभाउ मिलाएका देखिन्थे । यहाँ शुक्रबार...
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’

‘मणिपुरमा नेपाली भाषी सुरक्षित’

SYM शुद्ध सकारात्मकता
पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ । नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताउनुभयो । “चौबिसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन । कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन ।” उहाँका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको सङ्ख्यामा ने...
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
म्याग्दी, २३ वैशाख (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ । “यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो”, ७६ वर्षीय पुनले भन्नुभयो, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन”, बाबुबाजेले गर्दै आएको भँैसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताउनुभएको थियो । पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गर्नुभएको थियो । तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछ...
कोलहवामै विद्यालय खोल्ने सपना

कोलहवामै विद्यालय खोल्ने सपना

SYM शुद्ध सकारात्मकता, देश, समाचार
जनकपुरधाम, २३ वैशाख (रासस) : आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय बनाउने । वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर नजिकै विद्यालय छैन । टोलछिमेकका बालबालिकाले जोखिम मोलेर टाढाको स्कूल जानुपर्छ । एकदिन शुभकान्त र परमानन्द झासँग फकिरी यादवको यस्तै कुरा भयो । त्यही दिन गाउँमा आधारभूत विद्यालय खोल्ने सपनाको जन्म भएको थियो । तीन वटा टोलको बीचमा रहेको कोलहवाको तुलसियाही निकास भन्ने ठाउँमा झा परिवारको जग्गामध्ये केही जग्गा आधारभूत विद्यालयलाई दिने सहमति पनि भयो । “त्यो ठाउँका बच्चाले करिब दुई किलोमिटर टाढा रहेको वैदेज मावि (वैद्यनाथ देवानन्द जनता मावि) वा अरु ठाउँमा पढ्न जानुपर्ने बाध्यता थियो । अरु बेला त ठीकै छ तर बर्...
लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न

लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न

SYM शुद्ध सकारात्मकता, समाचार
धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा सो गाउँपालिकालाई भने कार्यान्वयन भएका योजनाको भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो छ । गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले गाउँपालिकामा चालु आर्थिक वर्षका करिब ८० प्रतिशत योजना कार्यान्वयन भई भुक्तानीको काम चलिरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकामा दुई सय ५२ योजनामध्ये दुई सयभन्दा बढी योजनाको काम लगभग सम्पन्न भइसकेको बताउनुभयो । वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएको बारे थप प्रष्ट्याउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले भन्नुभयो,“मध्यकालीन खर्च संरचनाअनुसार चौमासिक रुपमा प्राप्त हुने बजेट, महालेखापरीक्षकको ...
‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए’

‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
बेनी, १९ वैशाख : अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथी राममायाले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराउनुभएको थियो । जति सङ्घर्ष गरेर छोरा–छोरीको हुकाइ, पढाइ गरे पुर्जा दम्पतीले, उस्तै सन्तोषको नतिजा पनि पाएका छन् आफ्ना सन्ततिबाट । पुर्जा दम्पतीका चार छोरी नै अहिले सरकारी सेवामा छन् । कान्छी छोरी स्मृति काठमाडौँ उपत्यका विकास प्राधिकरणको लेखा अधिकृत (अधिकृत सातौँ तह)मा कार्यरत हुनुहुन्छ । व्यवस्थापन र कानुनतर्फ स्नातकोत्तर अध्ययनरत उहाँले २०७६ देखि सरकारी सेवामा लोकसेवा आयोग उत्तीर्ण गरेर प्रवेश गर्नुभएको हो । अन्य तीन दिदी–बहिनी भने स्थायी शिक्षण पेसामा हुन...
चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

SYM शुद्ध सकारात्मकता, देश
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार सात सय आठ नेपाली, ३९ हजार चार सय पाँच विदेशी, २२ हजार तीन सय ९० सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा रु १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ । आव २०७८÷७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको छ । यसैगरी आव २०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको छ । आव २०७६÷७७ मा एक लाख ८२ हजार चार सय ३५...
दगाममा उत्पादित मह विदेश निर्यात

दगाममा उत्पादित मह विदेश निर्यात

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार ती देशमा बढीमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ । विदेशमा प्रतिकिलो रु दुई हजार पाँच सयमा मह बिक्री हुने गरेको उहाँको भनाइ छ । “पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै बिक्री भएको बेला तीन हजार किलोसम्म बिक्री भइराखेको छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ ।” विदेशमा मह बिक्री हुन थालेपछि कृषक उत्साहित भएको उहाँको भनाइ छ । समूहमा ४१ घरधुरीका कृषक आबद्ध छन् । सबै घरधुरीले मौरीप...
पाँचभाइको सुन्तलाखेती

पाँचभाइको सुन्तलाखेती

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन् । पैँतिस वर्षसम्म शिक्षण गर्नुभएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो छ रोपनी जग्गामा दुई सय सुन्तलाका बिरुवा लगाउनुभएको छ भने अन्य चार भाइले १२ रोपनी जग्गामा करिब तीन सय सुन्तलाका बिरुवा लगाउनुभएको छ । भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा छ महिना बाँझो छोड्नुपर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका बिरुवाले हरियाली बनेको रेश...