२०८२ चैत्र ६

SYM शुद्ध सकारात्मकता

Rokaya first from Bajhang to reach atop Sagarmatha

Rokaya first from Bajhang to reach atop Sagarmatha

SYM शुद्ध सकारात्मकता
Sangita Rokaya of Dhuli in Saipal Rural Municipality-4 is the first Bajhangi girl to reach the peak of the highest mountain of the world Sagarmatha or Everest. The 26-year-old successfully climbed the mountain on May 17 with the help of Pioneer Adventure Company. Rokaya was atop Mt Sagarmatha with the message to put an ending to the Chhaupadi practice, an age-old practice of banishing women to a shed away from home during menstruation. She displayed the banner reading "Mt Everest Mission Chhaupadi practice Elimination: An Attempt of a daughter from far western Nepal: Sangita Rokaya". Rokaya attempted to climb Saipal Himal (7031 meters) for the first time three years ago along with four other Bajhangi girls. Climbers from Spain, Italy and the US were also in the team. But...
फेरियो रुम गाउँको मुहार

फेरियो रुम गाउँको मुहार

SYM शुद्ध सकारात्मकता
गलेश्वर, १४ जेठ (रासस) ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभँैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो । विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उहाँले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्नु हुन्न । चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ । ...
खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

SYM शुद्ध सकारात्मकता, देश
बझाङ, १४ वैशाख (रासस) : अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुग्नुभयो । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाल्नुभयो । विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिनुभयो । सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सर्...

Panchkhal drinking water project: 7,000 households to get direct benefit

SYM शुद्ध सकारात्मकता, देश
The Panchkhal Urban Water Supply and Sanitation (Sector) Project that began with the objective of ensuring water supply to 7,000 households has gained momentum.The project that has been extended by a year is expected to get completion within mid-January next year. An agreement was reached among the Urban Water Supply and Sanitation Project, Town Development Fund, Panchkhal municipality and drinking water users in 2019 in a way to complete the project by mid-January 2023. The agreed project period was extended by a year in the pretext of coronavirus pandemic and other reasons.It may be noted that the government in its current fiscal year budget had pledged to accomplish the project in the beginning of 2023.A contract was signed with Huwai Kankai JV at the cost of Rs 1 billion ...
विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

SYM शुद्ध सकारात्मकता
सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ । “साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गर्नुभएकी स्याङ्तानले भन्नुभयो । रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ । तल्लो देउजोरबाट माथ...
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

SYM शुद्ध सकारात्मकता
घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गर्नुभएको हो । भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाइ दिनुभयो । “हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भन...
सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

SYM शुद्ध सकारात्मकता, देश
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यही जेठ २ गते उहाँले सगरमाथाको आरोहण गर्नुभएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराउनुभएको थियो । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो । सोहीअनुरुप उहाँले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराउनुभएको जनाइएको छ । यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिनुभएको छ । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन हुनुभएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “म अरोही...
जङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

जङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
डुम्रे, १ जेठ (रासस) ः आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उहाँले बतानुभयो । “एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो भयो भनेर बच्चा छोडेर जाँदा गाह्रो हुन्छ लागेको थियो, सिक्दै जाँदा आम्दानीसँग सीधा जोडिँदा आकर्षित ग¥यो”, उहाँले भन्नुभयो, “कहिले आफैँले च्यापेर सिक्न आउने त कहिले घरमा छाडेर आउने गरेको छु, सीप सिक्न न त उमेरले छेक्ने न त अन्य कुनै चिजले ।” बच्चा सानो भए पनि सीप सिकेँ, अब यसलाई निरन्तरता दिएर आय बढाउने सोच बनाएको उहाँको भनाइ छ । “वनजङ्गलमा खेर जाने वस्तुबाट हामीले आम्दानी गर्न सक्ने रहेछौँ, तर हामी घाँस बाहेक केही होइन भन्दै बसिरहेका रहेछौँ, हामीले कमाउने वस्तुहरु कुहिएर जाने रहेछन्, अब यसलाई ल्याएर आम्द...
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

SYM शुद्ध सकारात्मकता
घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रङ्गीविरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ । अभियान्ता डाक्टर महाविर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापकन विनपुनले बताउनुभयो । “यहाँ आउने पर्यटक लोभिएर फर्कने ...
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ । विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखँे”, उहाँले भन्नुभयो । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भन्नुभयो, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।” काठमाडाँैमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गर्नुभएका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिनुभयो । हाल उहाँले झण्डै डेढ बिघा जग्गामा ...