२०८१ बैशाख २१

SYM शुद्ध सकारात्मकता

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

SYM शुद्ध सकारात्मकता, खेलकुद
म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी स...
अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

SYM शुद्ध सकारात्मकता
अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ । शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताउनुभयो । बाख्रापालनका लागि रु चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका ...
चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण

चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
चीनको फुचियान प्रान्तमा भएको प्रतिस्पर्धामा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादक संस्था तथा ब्राण्डलाई सो अवार्ड वितरण गरिएको छ । फुचियानको फुआन सहरमा सेप्टेम्बर २०–२१, २०२२ सम्म भएको ‘वल्र्ड ब्ल्याक टि क्वालिटी इभ्यालुएसन कम्पिटिसन’मा स्वर्ण र रजत अवार्ड प्रााप्त गर्ने १० चिया उत्पादक संस्थालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज एक कार्यक्रम गरी अवार्ड वितरण गरेको हो । विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्दै यो अवार्ड प्राप्त गरको हो । उक्त प्रतिस्पर्धामा एक संस्थाले ग्राण्ड गोल्ड, पाँच संस्थाले गोल्डेन र चार संस्थाले सिल्भर मेडल जित्न सफल भएका थिए । ...
कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

SYM शुद्ध सकारात्मकता, देश
शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी छ । सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताउनुभयो । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम थालेको गाउँपालिकाका उपाध्यक्ष गीता शाहीले बताउनुभयो । असार मसान्तसम्म सडक निर्माण कार्य पूरा हुने उपाध्यक्ष शाहीले बताउनुभयो । आर्थिक रुपमा बलियो बनाइ ...
कतारबाट फर्किएर कफी व्यवसाय

कतारबाट फर्किएर कफी व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ । यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आउनुभएको छ । उहाँले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गर्नुभएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताउनुभयो । “सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र...
स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, आर्थिक
बलेवा, १७ फागुन (रासस) ः कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउनुहुन्छ । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्...
अपाङ्गता भएकालाई लेखा तालिम

अपाङ्गता भएकालाई लेखा तालिम

SYM शुद्ध सकारात्मकता, देश
नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । उनीहरुलाई आत्मनिर्भर बनाउन टेवा पु¥याउने उद्देश्यले सो तालिम प्रदान गरिएको हो । शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले अपाङ्गता स्वालम्बन समूहको बचत परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरिकाबाट व्यवस्थापन गराउने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो । उक्त शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले तालिममा ऋषिङ गाउँपालिकाका आठ वटै वडामा रहेका अपाङ्गता स्वालम्बन समूहका अध्यक्ष, कोषाध्यक्ष, रेडक्रस उपशाखाका स्वयम्सेवक, अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपानेले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने भावानाअनुरुप नै काम गरिहेको उल्लेख गर्दै यस्ता तालिमले अप...
पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

SYM शुद्ध सकारात्मकता
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ मा अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र पशु सेवा शाखा कालीगण्डकी गाउँपालिकाको प्राविधिक सहयोगमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दीमा प्राविधिक ज्ञान सेवा कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । “मुख्य गरी पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दी गाउँमा प्राविधिक सेवाको पहुँच कम भएकाले शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना भएको यस गाउँमा पशुहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी प्राविधिक स...
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
रामपुर (पाल्पा), १२ फागुन (रासस): हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गर्नुभएका थापाले सन् २०२१ मा अवकाश लिनुभएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थाल्नुभएको हो । उहाँले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताउनुभयो । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हाल्नुभएको हो । गाउँको भिरालो जमिनमा व...
कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

SYM शुद्ध सकारात्मकता, विदेश / एन.आर.एन
इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले स...