२०८३ बैशाख २५

SYM शुद्ध सकारात्मकता

पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

SYM शुद्ध सकारात्मकता
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ मा अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र पशु सेवा शाखा कालीगण्डकी गाउँपालिकाको प्राविधिक सहयोगमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दीमा प्राविधिक ज्ञान सेवा कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । “मुख्य गरी पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दी गाउँमा प्राविधिक सेवाको पहुँच कम भएकाले शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना भएको यस गाउँमा पशुहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी प्राविधिक स...
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
रामपुर (पाल्पा), १२ फागुन (रासस): हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गर्नुभएका थापाले सन् २०२१ मा अवकाश लिनुभएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थाल्नुभएको हो । उहाँले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताउनुभयो । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हाल्नुभएको हो । गाउँको भिरालो जमिनमा व...
कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

SYM शुद्ध सकारात्मकता, विदेश / एन.आर.एन
इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले स...
कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताउनुभयो । “पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयोे”, उहाँले भन्नुभयो, “यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।” सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो । “बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाले नलगेपछि त्यसै थन्कियो”, उहाँले भन्नुभयो, “थोरबहुत सहकारीले बीउका लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।” स्थानीय सामग्रीको प्रयोग ...
निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा

निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि आकस्मिक सेवा कक्षलाई सुधार गरिँदै लगिएको छ । आकस्मिक सेवालाई निजी अस्पतालका तुलनामा बढी व्यवस्थित, सफा र प्रविधिमैत्री बनाउन अस्पताल प्रशासनले ध्यानकेन्द्रीत गरेकोे छ । उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतमा छ । कुनै बेला फोहर र दुर्गन्धित भनेर चिनिने उक्त अस्पतालको आकास्मिक सेवामा जडान गरिएको प्रविधि र सरसफाइदेखि सेवाग्राही दङ्ग छन् । नाक थुनेर आकास्मिक सेवामा सेवा लिन छिर्ने गरेका सेवाग्राही अहिले भएको सुधारले खुसी छन् । आकास्मिक सेवाको सरसफाइका लागि चार सफाइकर्मीलाई अस्पतालले खटाएकाले चौविसैँ घण्टा आलोपालो गरी सफाइ हुँदै आएको छ । फोहर विसर्जनका लागि कक्षभित्र...
वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

SYM शुद्ध सकारात्मकता, देश
बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पु¥याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पु¥याउने भएको हो । लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । “हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन”, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले भन्नुभयो । उहाँका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पु¥याउने लक्ष्य छ । प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पा...
लालबन्दीबाट एक अर्बको तरकारी निकासी

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

SYM शुद्ध सकारात्मकता, देश
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९÷०८० को साउनमा रु २० करोड दुई लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार, पुसमा रु १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ । चालु आवको सात महिनामा रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिनुभयो । जिल्लाको लालबन्दी, हर...
गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

SYM शुद्ध सकारात्मकता, देश
बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ । नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो । नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारीसमेत खटाएको थियो । नगरपालिकाले बालमैत्री नगरपालिका घोषण...
भरतपुर अस्पतालको सेवा सुधारिँदै

भरतपुर अस्पतालको सेवा सुधारिँदै

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
चितवन, २ फागुन (रासस): भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुव...
वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भंँैसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो । पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उहाँ वैदेशिक रोजगारीमा जानुभएको थियो । सुरुवातमा काम गर्न दुबई पुग्नुभएका उहाँ त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गर्नुभयो । करिब १४ महिना दुबईमा काम गर्नुभएका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उहाँ कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाल्नुभयो । ...