२०८१ बैशाख २३

SYM शुद्ध सकारात्मकता

युवा सहभागिता बढाउन जोड

युवा सहभागिता बढाउन जोड

SYM शुद्ध सकारात्मकता
दिगो विकास लक्ष्य हासिल गर्नका लागि युवा सहभागिता बढाउनुपर्नेमा युवाहरुले जोड दिएका छन् । युथ एड्भोकेसी नेपालले आईतबार यहाँ आयोजना गरेको ‘पाँचाँै नेपाल युवा दिगो विकास लक्ष्यसम्बन्धी भेला’का वक्ताले दिगो विकास लक्ष्यका क्षेत्रमा युवाको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले विश्वका एक सय ९३ वटै देशले दिगो विकास लक्ष्यलाई पूरा गर्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले दिगो विकासका १७ लक्ष्यमध्ये नेपालले १६ मा काम गर्ने प्रतिबद्धता जनाएको स्पष्ट पार्नुभयो । युथ एड्भोकेसी नेपालका पूर्वअध्यक्ष नरेन खतिवडाले सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घमा दिगो विकास लक्ष्यसम्बन्धी अवधारणा सुरु भए पनि सन् २०१५ बाट मात्र विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यलाई पूरा गर्न सरकार तथ...
Forty-seven Nepalese students bag Outstanding Cambridge Learner Awards

Forty-seven Nepalese students bag Outstanding Cambridge Learner Awards

SYM शुद्ध सकारात्मकता, शिक्षा
Cambridge International has conferred an impressive 66 Outstanding Cambridge Learner Awards to Nepalese students. The global awards celebrate the highest-performing students from over 40 countries with qualifications recognized worldwide by leading universities and employers. Every year nearly a million students worldwide study courses organized by Cambridge International, which has been providing international exams for more than 160 years, the Cambridge International stated in a press release. In total, 47 students in Nepal received the prestigious Outstanding Cambridge Learner Awards for their exceptional performance in the Cambridge exams in 2021-22. The awards recognize success in four categories – 'Top in the World,' 'Top in the Country,' High Achievement Award,' a...
सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो । कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताउनुभयो । “अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ”, उहाँले भन्नुभयो । तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । “यो पहिलो पटकको प्रयास भएकाले विस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ”, उहाँले भन्नुभयो । परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेह...
एक्काइस हजार महिलालाई हस्तकला सीप

एक्काइस हजार महिलालाई हस्तकला सीप

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
Representation Photo हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् । संस्थाले हस्तकलाका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएको छ । महिलाको सशक्तीकरण, आर्थिक उत्थान र रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ वर्षअघि उक्त संस्था स्थापना गरिएको थियो । “अहिलेसम्म २१ हजार बढी महिलालाई सीप सिकाएर घरघरमा पठाएका छौँ, कोही आफैँ उद्योग खोलेर आयआर्जनमा लाग्नुभएको छ, कोही संस्थामा आबद्ध भएर काम गरिरहनुभएको छ”, संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले भन्नुभयो । संस्थाद्वारा सञ्चालित हस्तकला उद्योगमा धागो, अल्लो, हेम,...
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उहाँले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लाग्नुभएको हो । “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उहाँले भन्नुभयो, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।” जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताउनुभयो । मल उत्पादनका लागि उहाँले बाख्रापालनसमेत गर्नुभएको छ । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । “रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उहाँले भन्नुभयो, “केही समयअघिसम्म यसबार...
अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
पर्वत, २६ फागुन (रासस)ः विभिन्न अन्न भुटेर–पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले–पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो । त्यही सातु अहिले विदेश निर्यात गर्न थालिएको छ । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको सातु युरोप, अमेरिका निर्यात गर्न थालेको हो । गाउँघरमा आयातित जङ्क फुडको प्रयोग बढ्दै जाँदा अन्नपातको प्रयोग घट्दै गएको छ । सरकारले नै बजेटको व्यवस्था गरेर सामुदायिक विद्यालयमा दिवा खाजामा जङ्क फुड निषेध गरेको छ । स्थानीयस्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित भएका छन् । मकै, भटमास, गहुँ, जौँलगायत अन्न प्रशोधन गरी तयार पारेको सातु विभिन्न मुलुकमा निर्यात गर...
डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस

डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस

SYM शुद्ध सकारात्मकता
डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताउनुभयो । उहाँले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन् । पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिल...
बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

SYM शुद्ध सकारात्मकता, शिक्षा
OLYMPUS DIGITAL CAMERA काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पू्रा भई १३ वर्ष ननाघेका बालबालिका समेट्ने छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने बताउनुभयो । कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने तथा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिनेछ । साथै सूचक बनाएर टोली खटाइने योजना बनाइएको छ । वडा स्तरमा जनप्रतिनिधि (वडा सद...
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
काठमाडौँ, २० फागुन (रासस) : प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –३, हैबुङमा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म । दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पु¥याउनुभएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ...
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

SYM शुद्ध सकारात्मकता, शिक्षा
रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुग्नुभएका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाउनुभयो । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उहाँले तीन दशक एउटै विद्यालयमा बिताउनुभयो । आलमले पढाउन थाल्नुभएपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उहाँले प्र...