![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/10/HimalayanBankLimited_20211210023548_Riyamutr3j.png)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् ।
विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको सो सेयर खरिद गरेका हुन् ।
Advertisement
कान्तिपुर सहकारीका अध्यक्ष समेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५६१ र नारायणप्रसाद रिमालको ६६ हजार ८८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् ।
कान्तिपुर सहकारीले पछिल्लो एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले पनि बचतकर्ताको रकम फिर्ता गर्न ताकेता गर्दै आएको छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
सहकारीका व्यवस्थापकले सहकारीको स्रोत दुरुपयोग गर्दै आफ्नो निजी व्यवसाय र घरजग्गामा लगानी गर्दा सहकारीमा तरलता समस्या आएको छ ।
गत १९ वैशाखमा हिमालयन बैंकले विभिन्न व्यक्तिका नाममा रहेको संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीकै लागि बिक्री गर्न भन्दै प्रस्ताव गरेको थियो ।
तर, विद्यमान संस्थापक सेयरधनी कसैबाट पनि खरिदका लागि आवेदन नपरेपछि अन्य व्यक्तिलाई बिक्री गरिएको बैंकले एक सूचनामार्फत जनाएको छ ।
७ दिनपछि आचार्यका नाममा ती सेयर नामसारी प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)