२०८१ जेष्ठ १

निशान र चन्द्रमालाई स्वर्ण

काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्री मंगलबार पारा राष्ट्रिय खेलकुदको उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगितामा होचापुड्कातर्फ पहिलो भएका छन् ।


Advertisement


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २०० मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए ।

चन्द्रमाले महिला १०० मिटर दौडमा शीर्ष स्थान हासिल गरिन् । सिर्जना सेन्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्त्वाधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला २०० मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कास्पदक जिते ।

सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।

पुरुष ४०० मिटर दौडमा पनि अजयले स्वर्ण जिते । उर्गेन दोस्रो तथा अनिश खड्का तेस्रो भए ।

उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्थान हासिल गर्दै व्यक्तिगत दोहोरो स्वर्ण चुमिन् । विनीता थापा दोस्रो तथा सविता देउला तेस्रो भए ।

ह्विलचेयरको पुरुष १०० मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भए ।

सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो भए ।

ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोस्रो तथा गिरीराज थापा तेस्रो भए ।

सोही स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो भए ।

आंशिक दृष्टिविहीनको पुरुष २०० मिटर दौडमा दयारामनारायण चौधरी पहिलो, हेम थापा दोस्रो र विपीन वस्ती तेस्रो भए ।

सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो भए ।

पूर्ण दृष्टिविहीनको पुरुष २०० मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्रो तथा सौगात बगाले तेस्रो भए ।

उक्त स्पर्धाको महिलामा सुनीता नेपालीले स्वर्ण, संगीता घलेले रजत र रोजनी थापामगरले कास्य जिते ।

हरेक स्पर्धाका विजेतालाई एक हजार, दोस्रो हुनेलाई ७०० र तेस्रो हुनेलाई ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेको छ ।

Copy link
Powered by Social Snap