२०८३ आश्विन १५

खेलकुद

हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट २० तस्बिर

हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट २० तस्बिर

खेलकुद
टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ। गत वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिक कोरोनाभाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो।  Advertisement जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए। ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरे। कोरोनाभाइरस महामारीबीच भएको प्रतिस्पर्धामा दर्शकलाई प्रवेश निधेष गरिएको थियो। टोकियो ओलम्पिकमा बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए। यस्तै बुर्किना फासो, सान मारियो र तुर्केमिनिस्तानले ओलम्पिकमा पहिलो पटक पदक जित्न सफल भए। पदक तालिकामा ३९ स्वर्णसहित ११३ पदकका साथ अमेरिका शीर्ष स्थानमा रह्यो भने ३८ स्वर्णसहित ८८ पदक चीनले हात पार्‍यो। आयोजक जापानले २७ स्वर्ण जित्यो। हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट तस्बिर  ...
स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो पुरूष फुटबलमा स्वर्ण

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो पुरूष फुटबलमा स्वर्ण

खेलकुद
ब्राजिलको यु-२३ टिमले टोकियो ओलम्पिकअन्तर्गत पुरूष फुटबलमा स्वर्ण जितेको छ। शनिबार जापानको टोकियोमा भएको फाइनल खेलमा स्पेनलाई २-१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक रक्षा गरेको हो। Advertisement यसअघि ब्राजिलले रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो। ब्राजिलले शनिबार अतिरिक्त समयमा जित निकालेको हो।  पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलका माथेअस कुन्हाको गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।  ६१ मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले बराबरी गोल फर्काउन सफल भए।  अतिरिक्त समयमा ब्राजिलका सब्स्सिच्युट खेलाडी माल्कोनले गोल गरेका थिए। उनले १०८ मिनेटमा गोल गरेका थिए।  त्यसअघि खेलको ३८ मिनेटमा ब्राजिलका रिचार्लीसन प्राप्त पेनाल्टीमा गोल गर्न असफल भएका थिए। उनको प्रहार क्रसबारमा लागेको थियो। ...
लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियाविरूद्धको टी ट्वान्टी सिरिजमा बंगलादेशलाई ऐतिहासिक सफलता

लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियाविरूद्धको टी ट्वान्टी सिरिजमा बंगलादेशलाई ऐतिहासिक सफलता

खेलकुद
अस्ट्रेलियालाई लगातार तेस्रो खेलमा हराउँदै बंगलादेशले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ। शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न तेस्रो खेलमा अस्ट्रेलियालाई १० रनले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो। बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो। Advertisement अष्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै बेन म्याकडेरमोटले ३५ रन बनाए । एलेक्स केरी २० रनमा अविजित रहदा डान क्रिस्टियन ७ रनमा अविजित रहे । बंगलादेशका लागि शोरीफूल इस्लामले २ विकेट लिए। नसुम अहमेद र शकिब अल हसनले १/१ विकेट हात पारे। यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । ...
नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना काठमाडौंमा भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। काठमाडौको दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। Advertisement गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसंग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भईरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो। भारतलाई आमन्त्रण गरेर घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न चाहेको  भन्दै एन्फाले सोही अनुसार नेपालले भारतलाईनै नेपालमा बोलाएर मैत्रीपूर्ण फुटबल खेल्न लागिएको बताएको छ। दुबै टोली  साफ...
बार्सिलोनाले भन्यो- मेसीसँग सम्झौता गर्न सकिएन

बार्सिलोनाले भन्यो- मेसीसँग सम्झौता गर्न सकिएन

खेलकुद
स्पेनिस फुटबल क्लब बार्सिलोनाले लिओनल मेसी अब क्लबमा नबस्ने बताएको छ। आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ छ। १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो। Advertisement यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो। ‘क्लब र खेलाडी दुबैको इच्छा पूरा हुन नसकेकोमा दुबै पक्षलाई खेद छ,’बिहीबार जारी गरिएको बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ।  मेसी र क्लब सहमतिमा पुगे पनि ला लिगाको नियमका कारण सम्झौता हुन नसकेको बताइएको छ।  मेसी दुई वर्षको सम्झौता गर्नुका सट्टा आधा तलब घटाएर पाँच वर्षको सम्झौता गर्न तयार भएको बिबिसीले जनाएको थियो। सन् २००० देखि बार्सिलोनामा आब...
रियल मड्रिडको अवे जर्सी सार्वजनिक

रियल मड्रिडको अवे जर्सी सार्वजनिक

खेलकुद
स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजनको लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। एडिडास कम्पिनीले निमार्ण गरेको जर्सी बिहिबार सार्वजनिक गरिएको हो। Advertisement क्लबले आफ्नो होम सिटीको कलात्मक संस्कृतिबाट प्रेरित भएर नयाँ जर्सी सार्वजनिक गरेको हो। क्लबले जर्सी बिक्रिका लागिसमेत राखेको छ। ...
४१ वर्षपछि ओलम्पिक हकीमा भारतलाई पदक

४१ वर्षपछि ओलम्पिक हकीमा भारतलाई पदक

खेलकुद
भारतीय पुरूष हकी टीमले ४१ वर्षपछि इतिहास रच्दै ओलम्पिकमा पदक जितेको छ। Advertisement भारतीय टीमले बिहिबार जापानामा जारी ३२ औं संस्करणको टोकियो ओलम्पिक अन्तर्गत जर्मनीलाई ५-४ गोल अन्तरले हराउँदै कास्यपदक जितेको हो। भारतले सन् १९८० मा रूसमा भएको मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। त्यसयता भारतले हकिमा कुनै पनि पदक जितेको थिएन। बिहिबार सुरूमा पछि रहेको अवस्था उल्ट्याउँदै भारतले कास्य पदक जितेको हो।  अत्यान्त रोमाञ्चक खेलमा पहिलो हाफसम्म ३-३ गोलको बराबरी खेलेको भारतले दोस्रो हाफमा थप २ गोल थप्दा जर्मनीले १ गोल गर्न सफल भएको थियो। https://twitter.com/narendramodi/status/1423122624679268355?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1423122624679268355%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fsports%2F...
ओलम्पिक पदक तालिकामा चीनको फराकिलो अग्रता, अमेरिकालाई पछ्याउँदै जापान

ओलम्पिक पदक तालिकामा चीनको फराकिलो अग्रता, अमेरिकालाई पछ्याउँदै जापान

खेलकुद
जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा एसियाली मुलुक चीनले फरकाकिलो अग्रता कायमै राखेको छ। टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिँदासम्म कुल २४३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन् । Advertisement बुधबारसम्म पदक तालिकामा चीनले आफ्नो फराकिलो अग्रता कायमै राखेको छ। उसले ३२ स्वर्ण, २२ रजत, १६ कास्यसहित कुल ७० पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्यसहित ७९ पदक जितेको छ। तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले २१  स्वर्ण, ७ रजत र १२ कास्यसहित  कुल ४० पदक जितेर अमेरिकालाई पछ्याइरहेको छ। १५ स्वर्ण, १८ रजत र  १५ कास्यसहित ४८ पदक जितेर बेलायत चौथो स्थानमा रहँदा समान १५ स्वर्ण, ४ रजत र १७ कास्यसहित कुल ३६ पदकसहित अष...
क्यानले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

क्यानले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

खेलकुद
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाएको हो। युवा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका हुन्।  Advertisement घोषणा टोलीमा अन्य भने पुरानै नाम छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले टोलीमा पूनरागमन गरेका छन् । अन्तिम २० सदस्य टोलीमा पारस खड्का पनि नाम छ । तर पारसले ने...
ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिकालाई जापानले पछ्याउँदै

ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिकालाई जापानले पछ्याउँदै

खेलकुद
जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' मा एसियाली मुलुक चीनको अग्रता कायमै छ। टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल सकिँदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन्। Advertisement ओलम्पिकको दशौँ दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो। चीनले २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित कुल ६२ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्यसहित कुल ६४ पदक जितेको छ ।   तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यसहित कुल ३३ पदक जितेको छ। अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्यसहित कुल ३३ पदक जितेर चौंथो स्थानमा रहँदा रसियन ओलम्पि...