इंग्ल्यान्डविरूद्ध लर्ड्समा राहुलको शतक, भारतको उत्कृष्ट सुरूवात
इंग्ल्यान्ड भ्रमणमा रहेको भारतका लागि केएल राहुलले शतक प्रहार गर्दा पाँच टेस्टको सिरिज अन्तर्गत बिहिबार सुरू भएको दोस्रो टेस्टको पहिलो दिन सकिँदासम्म भारतले उत्कृष्ट सुरूवात गरेको छ।
लर्ड्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिनको समाप्तिसम्ममा ३ विकेट गुमाएर २७६ रन बनाएको छ। क्रिजमा १२७ रन बनाएर केएल राहुल र १ रन बनाएर अजिंके रहाणे अविजित छन्।
Advertisement
करियरको छैठौं शतक बनाउने क्रममा राहुलले २४८ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
यसअघि रोहित शर्मासँग राहुलले १२६ रनको ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरूवात दिलाए। रोहित १४५ बलमा ११ चौका र १ छक्का मद्दतले ८३ रनमा आउट भएपछि साझेदारी टुटेको थियो।
भारतीय ओपनरले सन् २०१० डिसेम्बर पछि भारतबाहिर शतकीय साझेदारी गरेको पहिलो पटक हो। पछिल्लो पटक दक्षिण अफ्रिका विरूद्ध भारतले सेन्चुरियनमा वि...









