डाक्टर बने पुनः कोरोना संक्रमित : विराटनगर
५ मंसिर, विराटनगर । विराटनगरमा एक चिकित्सकलाई दुई महिनामै कोरोना भाइरसको पुनःसंक्रमण देखिएको छ । विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई पहिले संक्रमण पुष्टि भएर संक्रमणमक्त भएको दुई महिनापछि पुनः संक्रमण देखिएको हो ।
पहिलो पटक संक्रमण हुँदा सामान्य लक्षण मात्र देखिएको उनमा दोस्रो पटकको संक्रमणमा भने जटिल लक्षण देखिएको थियो ।
१८ साउनमा सामान्य लक्षण देखिएपछि जाँच गराउँदा उनमा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएका उनी एक महिनासम्म घरमै बसेका थिए ।
‘पहिलो पटक सामान्य लक्षण थियो । १४ दिन आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएँ’ उनले भने ‘सतर्कता अपनाउँदा अपनाउँदै दोस्रो पटक संक्रमण हुँदा धेरै पेन (पीडा) भयो ।’
पहिलो संक्रमणपछि एक महिना घरमै आराम गरेर उनी सतर्कतासहित काममा निस्किएका थिए । घर बाहिरको पानी समेत नखाएका ...









