२०८२ पुष ९

सामाजिक

सङ्क्रमित सुत्केरी १९ वर्षीया किशोरीको मृत्यु : धरान

सङ्क्रमित सुत्केरी १९ वर्षीया किशोरीको मृत्यु : धरान

देश, समाचार, सामाजिक, स्वास्थ्य
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ ।  सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । Advertisement प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।  शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।   साभार: रातोपाटी ...
थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ । साभार: रातोपाटी ...
अब सूचीकृत सरकारी प्रयोगशाला र अस्पताल मा कोरोनाको निःशुल्क उपचार

अब सूचीकृत सरकारी प्रयोगशाला र अस्पताल मा कोरोनाको निःशुल्क उपचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।  रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ । Advertisement मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।  त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ । साभार: रातोपाटी ...
१० हजार नमुना परीक्षणमा  १९१३ जनामा कोरोना संक्रमण पुष्टि

१० हजार नमुना परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । Credit: OnlineKhabar ...
सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

देश, समाचार, सामाजिक
काठमाडौँ । बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५ बजे कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङका रोकिराखेको ट्रकमा सो गाडी ठोक्कियो । पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किँदा चारजना गम्भीर घाइते भए । घाइतेहरुलाई तत्कालै उपचारको लागि नजिकैको सहिद मेमोरियल अस्पताल लगियो । उपचारको क्रममा घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ ।  नुवाकोट तार्केश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे, सुन्दरादेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ र तारकेश्वरकै २७ वर्षीय भुपेन्द्र तामाङको दुर्घटनामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहोराले बताए । डीएसपी बोहोराका अन...
कोरोनाबाट मृत्यु हुने दर बढ्यो : सुदूरपश्चिम

कोरोनाबाट मृत्यु हुने दर बढ्यो : सुदूरपश्चिम

देश, समाचार, सामाजिक, स्वास्थ्य
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।  जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जना...
कोरोना मृतक ११ सय नाघ्यो,  संक्रमितको संख्या २ लाख नाघे

कोरोना मृतक ११ सय नाघ्यो, संक्रमितको संख्या २ लाख नाघे

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ९ पुगेको छ ।  Advertisement यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् ।  यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।  साभार: रातोपाटी ...
शुद्ध तेलका लागि कोलुको प्रयोग

शुद्ध तेलका लागि कोलुको प्रयोग

देश, समाचार, सामाजिक
डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परमपरागत कोलुको प्रयोग हुँदै आएको छ ।  काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोलु लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए ।  Advertisement नयाँ पुस्ताले कोलुलाई बिर्षदै गएको भए पनि कोलुबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन...
१४२० कोरोना  संक्रमित थपिए : काठमाडौं

१४२० कोरोना संक्रमित थपिए : काठमाडौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।  Advertisement यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् । 
९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
लन्डन — कोभिडविरुद्ध विकास भइरहेको एउटा खोपले सकारात्मक नतिजा दिएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजरले आफूहरूले कोभिड– १९ संक्रमण रोक्न सक्ने प्रभावकारी खोप विकास गरेको जनाएको छ । विश्वभर कोभिड–१९ संक्रमितको संख्या ५ करोड नाघेकै दिन सोमबार यो समाचार सार्वजनिक भएको हो । उक्त खोपले ९० प्रतिशत मानिसलाई संक्रमित हुनबाट बचाउने एक प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त खोप ६ वटा मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको बताइएको छ । कम्पनीले यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि स्वीकृति लिने तयारी गरेको बीबीसीले जनाएको छ । हाल विश्वभर करिब दुई दर्जन खोप अन्तिम अर्थात् तेस्रो चरणमा पुगेका छन् तर सकारात्मक परिणाम देखाउने यो खोप पहिलो भएको निर्माणकर्ताको दाबी छ । तीन महिनाको अन्तरमा दुइटा डोज आवश्यक पर्ने र दोस्रो डोजको एक सा...