भक्तपुरमा किशोरीलाई जबरजस्ती थुनिन्छ ग्राहकसँगै कोठामा
भक्तपुर । कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धान अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडास्थित बाटोमाथीको रिसोर्टमा किशोरीहरुलाई सुरुमा ललाई फकाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाइन्छ । ती किशोरीहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि कोठाभित्र पठाएर ढोका बन्द गरिदिने गरिकएको पाइएको परिसरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।
बिशेष सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ थलारा गाँउपालिका वडा नं. २ स्थ...









