२०८२ पुष ८

सामाजिक

थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

थप १३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । कास्कीका ४, ललितपुरका ३, सिराहा, सर्लाही, काठमाडौं, नुवाकोट, अर्घाखाँची र रुपन्देहीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । Advertisement लाहान नगरपालिका-२४, सिराहाकी ६१ वर्षीया महिलाको विराटनगरको नोबेल अस्पतालमा मंसिर २२ गते राति मृत्यु भएको छ । बिरामी भएपछि मंसिर २१ गते अस्पताल भर्ना भएकी उनमा त्यही दिन संक्रमण पुष्टि भएको थियो ।ईश्वरपुर नगरपालिका-१२, सर्लाहीका ७४ वर्षीय पुरुषको बीरगञ्जको बाबा होटलको आइसोलेसनमा मंसिर २० गते मृत्यु भएको छ । उनलाई मंसिर १८ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो ।ललितपुरका ६२ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर २१ गते अस्पताल भर्ना  भएका उन...
विप्लवद्वारा हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगिँदै

विप्लवद्वारा हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगिँदै

देश, समाचार, सामाजिक
२४ मंसिर, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट अपहरण गरेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनलाइनखबरलाई बताए । उनका अनुसार सुरुमा गोली हानिएको खबर आए पनि प्रहरी अपराधस्थलमा पुगेपछि घाँटी काटिएको देखिएको छ । यद्यपि, घटनामा प्रयोग भएको हतियार भेटिएको छैन । Advertisement खड्का आफैं पनि मंगलबार मोरङको विकट क्षेत्रमा भएको अपराधस्थलमा पुगेका थिए । भन्छन्, ‘त्यहाँको प्रकृति हेर्दा अपहरण गरेर लैजानेवित्तिकै हत्या गरेर भागेको जस्तो देखिएको छ ।’ मंगलबार साँझ नै समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्...
८९४७ परीक्षणमा १५% मा संक्रमण

८९४७ परीक्षणमा १५% मा संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ । Credit: OnlineKhabar ...
संक्रमित कर्मचारीलाई १४ दिन बिदा

संक्रमित कर्मचारीलाई १४ दिन बिदा

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को संक्रमण भएका सार्वजनिक निकायका कर्मचारीहरुको आइशोलेसनमा बसेको अवधिलाई सरकारले सार्वजनिक बिदाको रुपमा जनाउन सुरु गरिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी आईशोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदाको रुपमा जनाउने व्यवस्था गर्न सबै मन्त्रालय, सचिवालय, आयोग प्रतिष्ठान, विभाग, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो । त्यस्तै, संक्रमणको लक्षण देखिएर आइशोलेसनमा बसेका कर्मचारीलाई अस्पताल भर्ना भएको अवधिभर बिदा कायम गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । यसरी बिदा बस्दा यसको व्यहोरासहित कार्यालय प्रमुखले बिदा प्रणाणित गर्नुपर्ने व्यवस्था गरिएको छ । Advertisement त्यस्तै, सार्वजनिक निकायका कुनै कर्मचारी संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई समेत ...
रुखबाट लडेर प्युठानमा एक पुरुषको  मृत्यु

रुखबाट लडेर प्युठानमा एक पुरुषको मृत्यु

देश, समाचार, सामाजिक
प्युठान । प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो ।  Advertisement घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । साभार: रातोपाटी ...
अपाङ्गता भएका का लागि सञ्चार पहुँच सजिलो बनाइदैँ

अपाङ्गता भएका का लागि सञ्चार पहुँच सजिलो बनाइदैँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तताः प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताए । उनले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिए ।  Advertisement महिला बालबालिका तथा ज्येष्ठ ...
कोरोना कहर : थप ६ को मृत्यु

कोरोना कहर : थप ६ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२१ मंसिर, काठमाडौं  । कोरोना भाइरस स‌ं‌क्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, झापा, रुपन्देही, सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र  प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् । Advertisement बिर्तामोड नगरपालिका–८ झापाकी ४५ वर्षकी महिलाको शनिबार राति १२ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंसिर १९ गते संक्रमण पुष्टि भएकी उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।काठमाडौंकी ८१ वर्षकी महिलाको मंसिर २० गते मृत्यु भएको छ । मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनी १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा मिर्गौला, मधुमेह र उच्च रक्तचापको रोग थियो ।काठमाडौंका ७७ वर्षका पुरुषको मंसिर १९ गते मृतयु भएको छ मंसिर १० गते संक्रमण पुष्टि भएका उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुम...
कार दुर्घटना मा छोरीको हत्या भएको आशंका

कार दुर्घटना मा छोरीको हत्या भएको आशंका

देश, समाचार, सामाजिक
२१ मंसिर, काठमाडौं । भक्तपुरमा गएराति पौने १ बजे भएको कार दुर्घटनामा ज्यान गुमाएकी ३० वर्षीया रिया श्रेष्ठको परिवारले उनको हत्या भएको आशंका गरेको छ । सवारी चालक लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीविरुद्ध आमा सम्झनाले हत्या आशंका गर्दै किटानी जाहेरी दिएकी हुन् । महानगरीय प्रहरी वृत्त, ठिमीका डीएसपी ऋषिराम कँडेलले जाहेरी प्राप्त भएको पुष्टि गर्दै अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए । उनका अनुसार नियतवश छोरी रियालाई दुर्घटनामा पारिएको उल्लेख गर्दै सवारी ज्यानसम्बन्धी कसूरमा जाहेरीमा दिइएको छ । Advertisement मध्यराति बा ८ च ४७५६ नम्बरको कार प्रवीण पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो भने कार्की सामान्य घाइते छन् । पछाडि सवार २६ वर्षीय विजय देउजाको हात र कानमा चोट लागेको छ भने सुदीप थापाको अवस्था पनि स...
मध्यरातमा कार दुर्घटनाः तीन युवक घाइते,  युवतीको मृत्यु

मध्यरातमा कार दुर्घटनाः तीन युवक घाइते, युवतीको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरमा गएराति भएको कार दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार गएराति १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना परेको थियो ।  घटनामा मध्यपुरथिमी नगरपालिका– १, लोकन्थी बस्ने कार चालक २६ वर्षका रञ्जित कार्की, सोही नगरपालिका– ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजा सुर्यविनायक नगरपालिका– ४ गाम्चा बस्ने २७  वर्षका सुदप थापा घाइते भएको उनले बताए ।  Advertisement प्रहरी कार्यालय रानीपोखरीबाट सो खवर प्राप्त हुनासाथ घटनास्थल पुगेको र सडक किनारमा अचेत अवस्थामा लडेकी रियालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।  मृतक श्रेष्ठ समेत तीन जन...
आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत : बौद्ध

आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत : बौद्ध

देश, समाचार, सामाजिक
बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए । Advertisement दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेल...