२०८१ जेष्ठ ४

मदिरा किन्न ५० रुपैयाँ नदिएपछि हत्या

२८ मंसिर, बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की शुसिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै बसेर मदिरा खाएका भतिजा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले शुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामको अपराध अनुसन्धान ( ट्रयाकर ) तालिम प्राप्त कुकुर झिकाइ आइतबार बिहान घटनास्थलमा डग स्नाईफिङ गराउँदा हत्यामा संलग्नलाई पत्ता लगाइएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।


Advertisement


‘उनीहरुसँगै बसेर मादक पदार्थ सेवन गरेका रहेछन्, थप रक्सी ल्याउन ५० रुपैयाँ माग्दा नदिएपछि वादविवाद भई तोरणबहादुरले ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा शुशिलाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘घटना भएको ९ घण्टा भित्रै अनुसन्धान गरी अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयौं ।’

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap